जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गते र १६ गते कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
काठमाडौँ- नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का पानी परिरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा र मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, विभागले वैशाख १५ गते र १६ गते कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
