बेंगलुरुले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो। २२२ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो।
तनहुँका ठूला फाँटहरू सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, म्याग्दे, तनहुँसुर, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँटलगायत स्थानमा चैते धान रोपाइँ भइरहेको छ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ।
‘जंगल फाँडेर, स्थानीयलाई उठिबास लगाएर गरिने एकोहोरो विकास हामी स्वीकार्दैनाैँ। यसबारेमा हुने कुनै पनि प्रकारका संवाद र वार्तामा हाम्रो अन्तिम अडान भनेकै नो–केबलकार हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन्।
थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका उनलाई विमानस्थलको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
भक्तपुरका इँटाभट्टा र बस्तीको दूरी नजिकै छ। विद्यालय, कलेज र अस्पताल पनि आसपासमै छन्। यी इँटाभट्टाका कारण प्रदूषण झनै बढिरहँदा नियमन र नियन्त्रणका लागि तीन तहका सरकार के गरिरहेका छन्?
पाथीभरा केबलकार निर्माणका सम्पूर्ण प्रक्रिया तत्काल रोक्नका लागि सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशविपरीत निर्माण र ठेकेदार कम्पनीले केबलकार निर्माणको काम जारी राखेका छन्।
अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा दुई जना बेपत्ता भएका छन्।
गत साताको अन्तिम दुई कारोबार दिन बढेर बन्द भएको नेप्से सोमबार भने ३३.३३ अंक घटेर २,६७०.०६ को विन्दुमा झरेको छ।
कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।
पत्रकार सुरेश रजक जलेको घरमा एनी कुँवर देखा परेकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आफूले लगाएको ट्यारिफपछि विश्व शेयरबजारमा उथलपुथल आउँदा पनि ट्रम्प भने ढुक्क छन्। ट्यारिफले गर्दा अमेरिकामा रोजगारी र लगानी फिर्ता आइरहेको उनको दाबी छ।
दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हुन्।
गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले ढुंगानालाई कायममुकायमको जिम्मेवारी दिएको हो।
पछिल्लो चार दिनयता सुनको मूल्य घटिरहेको छ। चैत २१ गते हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।
बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी र कुस्मा नगरपालिका तथा जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको छ।
नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।
गुजरातले १५३ रनको विजयी लक्ष्य १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान शुभमन गिलले अविजित ६१ रन बनाए।
कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।