मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको हो।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आर्सनलले खेलको ५८औँ मिनेटमा अग्रता लियो। डेक्लान राइसले फ्रि-किकमार्फत गोल गर्दै खेल १–० मा पुर्याए। ७०औँ मिनेटपछि राइसले नै पुन: फ्रि–किकमार्तफ गोल गर्दै अग्रता दोब्बर पारे।
अख्तियारले बाराको कलैया उपमहानगरमा सेनेटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवालसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो।
युक्रेनी सेनाले दुई चिनियाँ नागरिकलाई पक्राउ गर्दै उनीहरू रुसी सेनासँग युक्रेनविरुद्धको युद्धमा संलग्न भएको दाबी गरेको छ।
मन्त्रिपरिषद्को यही चैत २५ गते बसेको बैठकका निर्णय आज सार्वजनिक गरिएको हो।
पानी नपर्दा काठमाडाैँ उपत्यकालगायत देशका शहरी क्षेत्रमा वायु प्रदूषण बढेको छ। अबका केहीदिनसम्म हुने वर्षाले वायु प्रदूषण र वन डढेलो कम गर्न सहयोग प्रयाउने माैसमविद् बताउँछन्।
सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेर चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म भाउ बढाउँदा उद्योगमन्त्रीले मूल्यवृद्धिकै समर्थन गरे। पछिल्लो समय अर्को निर्माण सामग्री फलामे छडमा पनि मूल्यवृद्धि गरिएको छ।
‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू भएको छ।
माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो।
कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।
आज नेप्से ३.४४ अंकले घटेर २,६६६.६१ को विन्दुमा झरेको छ। साथै कारोबार पनि घटेको छ।
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ।
हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपालको सफलता उल्लेख छ।
नक्कली कागजात तयार पारेर वन पैदावारको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचनका लागि आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ। मत सर्वेक्षणमा विपक्षी नेता ली जे–म्युङ अग्रस्थानमा छन्।
सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ तोकिएको छ।
गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो। उनी फागुन २९ गते बिहानदेखि हराइरहेकी थिइन्।