राष्ट्रिय मानव अधिकार आयोगले तीनकुने घटनाको अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए।
थाइल्यान्डको बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
तीनकुने र आसपासको क्षेत्रमा सभा, विरोध प्रदर्शन र धर्नालगायतका कार्यक्रमका लागि अनुमति नदिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।
व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको छ।
संवैधानिक अदालतले तत्काल लागू हुने गरी युनलाई राष्ट्रपति पदबाट हटाउन अनुमति दिँदै ६० दिनभित्र नयाँ राष्ट्रपतीय निर्वाचन गर्न आदेश दिएको छ।
चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि त्यस विषयमा शुक्रबार गृहमन्त्री रमेश लेखकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्।
‘कुरा उठाउने नै यस्तै बेला हो। भुटानसँग द्विपक्षीय वार्ता होला र, कुरा गरौँला भनेर पर्खिबस्ने बेला यो होइन।’
सुन बिहीबार हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँको वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो। शुक्रबार १४७ एक्यूआईमा झरेको छ।
पछिल्लो साता पाँचथरका विभिन्न ठाउँमा आगलागी र डढेलोका घटना भएका छन्। जंगलमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इन्जो फर्नान्डेजको निर्णायक गोलमा चेल्सीले टोटेनहामलाई १–० ले हराएको हो। जितसँगै चेल्सीको ३० खेलबाट ५२ अंक भएको छ।
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताएका छन्।
रेडपान्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ। तर पछिल्लो समय निगालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपान्डा संकटमा पर्ने जोखिम छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँ गाउँस्थित सामुदायिक वनमा लागेको डढेलोमा जलेर एक जनाको मृत्यु भएको छ।
सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलबाट अपहरणमा परेकी सात वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
शिक्षकले शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा विधेयक चाँडै पारित गर्नुपर्ने मागसहित काठमाडौँमा सडक आन्दोलन गरिरहेका छन्।
सरकारको अनुदान रकमबाट किनिएका सञ्चार उपकरण अहिले पनि दुर्गमका बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजनालगायतले प्रयोग गर्न सक्छन्। तर यी उपकरणबारे सरकारले चौधरी ग्रुपसँग सोधखोज नै गरेको छैन।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यू१९ टोलीसँग १३० रनले पराजित भएको छ।