AnonymousUser

Logout

भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।

पाकिस्तानसँग बढ्दो तनावबीच भारतले बन्द गर्‍यो ३२ विमानस्थल

भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ३२ विमानस्थलमा उडान सेवा स्थगित गरेको छ।

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

किसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेशले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्ने एमालेको माग छ।

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारीदर बढ्यो

मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ।

नेपालसँग बहराइन ९ विकेटले पराजित

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। 

६ महिनापछि घर फर्किए टिंकरवासी

सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन

अन्नपूर्ण चक्रीय पदमार्गको चमक [तस्वीरहरू]

थोरोङ ला भन्ज्याङ अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।

पर्यटकको पर्खाइमा म्याग्दीको लाखेत गाउँ

लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। 

कोशी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ। मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि पुनः उत्पादन बन्द भएको छ।

भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न राजदूतावासको आग्रह

जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।

सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा मुछिए सहायक रथी खड्का

पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्।

सैनिक कल्याणकारी कोषको २ करोड बढी रकम हिनामिनामा मुछिए सहायक रथी खड्का

पूर्वजमदार थापाले निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा कार्यरत तत्कालीन सेनानी अधिकारी र कार्की तथा तत्कालीन प्रमुख सेनानी खड्काको निर्देशनअनुसार आफूले काम गरेको बयान दिएका छन्।

नीति तथा कार्यक्रमभित्र सत्तापक्षले देखे आशा, प्रतिपक्षीले निराशा

सत्तारूढ दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने संकल्प लिएको बताए भने प्रतिपक्षी दलका सांसदले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आरोप लगाए।

सत्ताबाट भइरहेको कानून दुरूपयोग: जेमा पनि संगठित अपराध र राज्यविरुद्धको कसुर!

लामो समय हिरासतमा राख्न मिल्ने भएकाले फौजदारी कसुर अनुसन्धानका क्रममा संगठित अपराधको कसुर थोपर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढिरहेको छ।

पानी परेसँगै डेंगी संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

सरकारले नेपालमा पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

कहाँ गए अमेरिकाले भुटान ‘डिपोर्ट’ गरेका शरणार्थी?

अमेरिकाबाट देश निकालामा परेका भुटानी शरणार्थीको संख्या बढ्दो रहे पनि जम्मा ४ जना मात्रै नेपालका शरणार्थी शिविरमा आश्रित हुन आएका छन्। अरू कहाँ, कता छन् पत्तो छैन।

नयाँ पोप लियो चौधौँः मिसनरीमा केन्द्रित, नेतृत्वदायी क्षमता

पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ‘ह्विप’

एमालेले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ।