AnonymousUser

Logout

अमेरिकामा निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित स्यान डिएगोमा बाक्लो कुहिरोका बीच आपत्कालीन अवतरणका क्रममा सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।

छुवाछूतका घटनामा १४ वर्षयता १७ जनाले गुमाए ज्यान

दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रूपमा अन्त्य गर्न ऐनको व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन्।

राहत सामग्री लुटिएपछि गाजामा गहिरिँदै मानवीय संकट

राहत बोकेका ट्रक गाजाको दक्षिणी भागमा लुटिएका हुन्। करिब ४०० ट्रकमध्ये ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्। 

नागढुंगा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­–त्रिशूली–­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

विश्वविद्यालयलाई नै ‘कन्जरबेटिभ’ बनाउँदै ट्रम्प प्रशासन

हार्वर्डमा विदेशी विद्यार्थी भर्ना नलिन र पढिरहेकालाई पनि अन्यत्र जान निर्देशन दिइएको पछिल्लो घटनाले ट्रम्प प्रशासन ज्ञानको केन्द्र मानिने विश्वविद्यालय कस्तो बनाउन चाहन्छ भन्ने छर्लंग पारेको छ।

भोजपुरमा वर्षासँगै आएको हुरीले अकबरे खुर्सानीमा क्षति

भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

काठमाडौँका सडकमा बल्नै छाडे ट्राफिक लाइट, मर्मतमा बेवास्ता

लाइट हुँदा चालकहरूले ट्राफिक नियम पालना गर्न सजिलो हुन्छ । तर नभएको अवस्थामा चोकमा प्रहरीले उभिएर हातको इशाराले ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । 

वर्षाका कारण कान्तिलोकपथ सडक अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध भएको छ।

देशभर चट्याङसहित वर्षाको सम्भावना

दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रवि र छविलाई थुनामै राख्ने आदेश सदर गर्दा सर्वोच्चले लिएका आधार

फैसलामा दुवै प्रतिवादीको कम्पनी व्यवस्थापन, आर्थिक कारोबारमा प्रत्यक्ष संलग्नता र सहकारीबाट रकम प्रवाहमा भूमिका देखिएको भन्दै उनीहरू कसुरदार रहेनछन् भनी तत्काल विश्वास गर्न नसकिने उल्लेख छ।

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेसँगै पूर्वगृहमन्त्री रवि लामिछाने थुनामै रहने भएका छन्।

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

तीनकुने घटनामा झन्डै दुई महिनाको अनुसन्धानपछि प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।

प्रहरीले छुट्याएको प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको छ भने यसमा मात्रै ११ हजार ४८ मुद्दा दर्ता रहेका छन्।

स्वास्थ्यमन्त्रीको हतारोले निर्देशिका नै नबनाई खोप हस्तान्तरण, स्टोरमा थन्कियो

सिकलसेल एनिमिया र थालासेमियाका बिरामीलाई दिइने खोप भेरी अस्पतालको स्टोरमा थन्किएको छ। स्वास्थ्यमन्त्री नेपालगन्ज जाने भएपछि उनीबाटै हस्तान्तरण गर्ने हतारोले निर्देशिका नबनाई खोप पठाउँदा थन्किएको हो।

यार्सागुम्बा संकलन गर्न शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

अपि हिमाल गाउँपालिकाभरका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्।

यसपटक पानीसँगै डेंगी संक्रमणको जोखिम पनि बढ्ने

यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

‘कुलिङ पिरियड’बारे के भन्छन् पूर्वप्रशासक?

निजामती विधेयक संसदीय समितिबाट पारित भएको एक साता नबित्दै उच्च प्रशासकहरूले 'कुलिङ पिरियड'मा असहमति जनाउँदै त्यसलाई सच्याउन सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका नेताहरूसँग आग्रह गरिरहेका छन्।

समयसीमासहित ‘अर्थतन्त्र सुधार कार्यान्वयन कार्ययोजना’ जारी

सरकारले हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलाई गाभेर सरकारको स्वामित्वमा केही हिस्सा मात्र राखी बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाएको छ।

रुसको एक अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको छ।