मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोर्ने गिरोहका सात जनालाई पक्राउ गरी चोरी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।
मेची भन्सार कार्यालयको तथ्यांकनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात भने ३.६० प्रतिशतले घटेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ।
बालेन शाह काठमाडौँ महानगर प्रमुख निर्वाचित भएपछि उनको कार्यशैली र सामाजिक सञ्जालमा गर्ने पोस्टले कहिल्यै गुमनाम हुनुपरेन। तर चुनावमा गरेका वाचाअनुसार कति काम भए, कति थाती रहे?
आज नेप्से ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
उक्त विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो।
महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सीप हस्तान्तरण गरेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन्।
कुनै बेला पर्यटक खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डारमा अहिले चहलपहल छैन। पर्यटक हिँड्ने यहाँका रुट सुनसान छन्।
कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए।
नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।
अरुनसँगै अरू पाँच जना भुटानी शरणार्थी अमेरिकाबाट देशनिकालामा परेका थिए तर ती सबै अहिले सम्पर्कविहीन छन्।
अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।
इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा डुबेर २५ वर्षीय लोकेश महतोको मृत्यु भएको छ।
ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाले जनाएको छ।
पोखरीमा डुबेर कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मृत्यु भएको छ।
वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्।
उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।