AnonymousUser

Logout

देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

दक्षिण कोरियाको एनओसी रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

आदेशमा प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिटको अन्तिम किनारा नलाग्दासम्म सूचना कार्यान्वयन नगर्न भनिएको छ।

यसै साताको अन्त्यसम्म मनसुन नेपाल भित्रिने

नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ भए पनि वर्ष मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेश गर्न कार्यदल गठन

ग्रीन हाइड्रोजनसम्बन्धी अध्ययन तथा उद्योग स्थापना सम्बन्धमा प्राप्त प्रस्तावअनुरूप परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ।

खेत र खोलामा मारेको माछा बेचेर गुजारा चलाउनेहरू समस्यामा

माडीफाँट र तिनाउ खोलामा मात्रै होइन, पाल्पाका विभिन्न साना–ठूला खोलामा पाइने माछाको संख्या घट्दै गएको पाइएको छ। जसका कारण माछा मारेरै जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन्।

सडकमा असुरक्षित बालबच्चा, अभिभावक नै बनाइरहेछन् दुर्घटनाको ‘पासो’

बर्सेनि सडकमा हुने दुर्घटनामा कलिला बालबालिकाको मृत्यु र घाइतेको आँकडा झट्ट हेर्दा भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही सबैभन्दा डरलाग्दो छ।

गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेज गर्न माग

यातायात व्यवसायीले संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले यातायात नियमावली ल्याएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। माग सम्बोधन नभए जेठ १९ गतेदेखि सवारीसाधन नचलाइने उनीहरू भनाइ छ।

मधेश प्रदेश सांसद सरोजकुमार सिंहका स्वकीय सचिव पक्राउ

अख्तियारको टोलीले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ।

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

प्रमुख प्रतिपक्षीलगायत दलका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

आयोजना बैंकमा निरन्तर छेडखानी : कानून लत्याएर बजेटमा मनोमानी

कानून मिचेर प्रोजेक्ट बैंकमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ।

नेप्से परिसूचकमा झिनो अंकको सुधार, घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ।

राप्ती गाउँपालिकामा फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

राप्ती गाउँपालिकामा फोहोरलाई व्यवस्थापन गरेर नगल्ने फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन गर्न थालिएको छ।

म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु

धवलागिरि गाउँपालिका–३, मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ।

विदेशबाट आयातित तेल भारत पठाउँदा उच्च देखिएको निर्यात, अर्थतन्त्र सकारात्मक बाटोमा हो?

अहिलेसम्मकै उच्च देखिने पछिल्लो १० महिनाको निर्यातका पछाडि जोडिएको छ विदेशबाट आयात गरेर प्रशोधनपछि भारततर्फ पठाउने गरिएको खाने तेल। व्यवसायी भन्छन्– यो स्थायी होइन।

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो।

प्रतिपक्षी दलले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। 

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

नेपाल थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो। प्रतियोगितामा नेपालबाट १२ खेलाडी सहभागी थिए।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।

दुर्गमका लागि प्रभावकारी टेलिमिडिसिनः सरकारको बेवास्ताले बन्द अवस्थामा

सरकारले दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिन डेढ दशकअघि शुरू गरेको टेलिमेडिसिन कार्यक्रम प्रदेशमातहत गएपछि अलपत्र छ। संघीय सरकारबाट बर्सेनि गइरहेको बजेट खर्चको एकीकृत अभिलेख पनि छैन।

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

मनासलु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्छ।