टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीन जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा र अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।
गत बुधबार अध्यागमन कार्यालयमा छापा मारेसँगै उजागर भएको पछिल्लो भिजिट भिसा प्रकरणसम्म पुग्न अख्तियारले दुई महिना लामो विशेष अपरेसन सञ्चालन गरेको थियो। के कारणले जोडियो यसमा गृहमन्त्रीको नाम?
अदालतले पोखराको इमेज सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीविशेषबाट क्षेत्र कब्जामा लिनु विधिको शासन विपरीत हुने आयोगको भनाइ छ।
सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ।
विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा माटोबाट निर्मित पुरातन सांस्कृतिक शैलीका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए।
काठमाडौँको वसुन्धरामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि संलग्नता नरहेको नेपाली कांग्रेसले दाबी गरेको छ।
सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कर बढ्ने आकलन गरेर व्यवसायीले बजेटअघि विद्युतीय गाडीको आयात ह्वात्तै बढाए पनि आउँदो आर्थिक वर्षसम्म स्टक रहने तिनै गाडी उपभोक्ताले कति मूल्यमा पाउँछन् भन्नेबारे अन्योल नै छ।
गत शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।
कम दूध उत्पादन हुने र श्रम र लागत बढी लाग्ने भएकाले हिमालका लुलु गाईहरू लोपोन्मुख हुन थालेका हुन्।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
लिभरपुल र आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्यूक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ।