सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
पञ्चायतको अन्तिम बेलादेखि धमाधम विद्यालय खोल्ने स्वीकृति दिन थालियो, तर शिक्षक दरबन्दी दिइएन। बहुदलपछि विभिन्न नाममा शिक्षकको जथाभावी नियुक्ति गर्न राजनीतिक दल र अनेक समूहको स्वार्थ हाबी भयो।
विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता नहुने भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरूको संख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको छ। जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवल जाने गरेका छन्।
सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले जमिनको खण्डीकरण र जथाभाबी वितरण मौलाउन सक्ने धारणा राखे।
प्रतिनिधिसभा बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा उद्धार गर्नका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। सोमबार राति परेको पानीका कारण उक्त क्षेत्रमा सडक हिलाम्मे भएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको छ।
हुरीले रुख ढल्दा डिलाशैनी-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। छाना उडाउँदा सिँगास-२ मैतडका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्।
हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।
‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको छ।
बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।
यो वर्ष वैशाखदेखि बेलाबेला बिजुली जाने समस्या दोहोरिइरहेको छ। बत्ती जाँदा सामाजिक सञ्जालमा प्राधिकरण नेतृत्वविरुद्ध आक्रोश देखिन्छ। किन बत्ती गइरहेको छ? अघिल्ला वर्ष पनि यो मौसममा बत्ती जान्थ्यो?
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तिलगाउँमा पहिरो जानुको कारणबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय भएको पनि बताए।