विशेष अदालतले वाइड बडी विमान खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंसाकारसहित, शिशिर ढुंगाना, शंकर अधिकारीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिबाना निर्धारण गरेको छ।
गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै लाभ लिन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
“हाम्रा निम्ति गृहकार्य बल्ल शुरू भएको छ, ‘एड असिस्टेन्स फाइनान्सिङ’ भन्दैमा नचाहिँदो व्याख्या अहिल्यै बनाएर तर्सनुपर्ने अवस्था छैन।”
फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसद्मा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन्।
एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ।
कोशीका पूर्वमन्त्री लीलाबल्भ अधिकारीबारेको रिट दरपीठ बदर गर्न माग गरेको निवेदनको सुनवाइ आइतबारका लागि तय भएको छ।
राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मंसिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ।
बिहीबार नेप्से परिसूचक १५.९६ अंकले घटेर २७३४.९३ को विन्दुमा सीमित भएको छ।
एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सबाट जितका लागि १६८ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाजले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किएका छन्।
दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।
जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा १४३ रन बनाउँदै पूरा गर्यो।
बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरुरी रहेको युनिसेफले जनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।
मन्थली नगरपालिका–१४ फुलासीमा घरैपिच्छे सुन्तला बगैँचा छन्। यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन्।
बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ। यो मूल्य बजार भाउभन्दा माथि रहेको कम्पनीले जनाएको छ।
सोलुदुधकुण्ड–११ तिङ्लास्थित सारेलुकीचौर बस्तीको माथिल्लो भागमा करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीय त्रसित छन्।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
अदालतले बुधबार रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो।