नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।
हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ।
मौलिक सभ्यता बोकेको यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।
बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातसमेत हुनेछ।
एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।
नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।
रुसको राजधानीलक्षित युक्रेनी ड्रोन आक्रमणपछि बिहीबार मस्को वरपरको हवाई उडान अवरुद्ध भएको संघीय हवाई यातायात एजेन्सीले जनाएको छ।
हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा जेठ १ गते आएको बाढीपहिरोबाट प्रभावितका लागि कर्णाली प्रदेशले बिहीबार राहत सामग्री पठाएको छ।
शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जनाएको छ।
बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ।
वासिङ्टनको यहुदी संग्रहालयबाहिर बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि प्रधानमन्त्री नेतान्याहुले विश्वभरका इजरायली कूटनीतिक नियोगमा सुरक्षा उपाय बढाउन आदेश दिएका छन्।
सांसदले विपद्को जोखिम न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
पुरानै ठाउँमा अवतरण गर्ने र समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्।
हुलाकले अहिले पनि चिठी ओसार्छ, तर आम्दानीको प्रमुख स्रोत विदेश पठाउने र उताबाट आउने पार्सल हुन्। यही हुलाकलाई सरकारले चालु आवदेखि पुनर्संरचना गरेर सबै पालिका पुर्याउँदै कामको शैलीसमेत फेरेको छ।
नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको गृहमन्त्री शाहले उल्लेख गरेका छन्।
कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
युरोपा लिगको उपाधि जितेसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो।