AnonymousUser

Logout

ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित

टाइम पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरिएको जनाएको छ।

लोप हुँदै लालुपाते

जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन्।

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा विराटनगर र चितवन खेल्दै

कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेल अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली र सातौँमा रहेको लुम्बिनीबीच हुनेछ।

आज देशभरको मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ।

नदी किनारसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार

सर्वोच्च अदालतले गत पुस ३ गते काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो।

बुल्गेरिया र रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता

ईयूका सदस्य राष्ट्रले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरूदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्।

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न

भारत भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

विदेशी मुद्रा सञ्चिति २२ खर्ब पुग्यो, ९ प्रतिशतले बढ्यो रेमिट्यान्स

विदेशी मुद्रा सञ्चितिले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

नेपालीलाई जर्मनी र फ्रान्सले दिन्थे ‘अन–अराइभल’ भिसा, अहिले लेबनानले पनि पत्याउँदैन

नेपालीलाई कुनै समय जर्मनी र फ्रान्सजस्ता शक्तिशाली देशले पनि अन–अराइभल भिसा दिन्थे, तर अहिले युद्धमा फसेको र नेपाली शान्ति सेना जाने लेबनानले पनि पत्याउँदैन। किन कमजोर भयो नेपालको राहदानी?

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छोड्न आदेश

काठमाडौँ जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ।

कालीगण्डकी करिडोर : पहिरोग्रस्त क्षेत्रमा रोकियो निर्माण

पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पाँच किमी सडक कालोपत्र नगरी राखिएको योजनाका सूचना अधिकारी, इन्जिनियर अरुण खत्रीको भनाइ छ।

एनपीएलः काठमाडौँलाई ५ विकेटले पराजित गर्दै जनकपुर पुग्यो प्लेअफमा

एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै प्लेअफमा स्थान बनाएको छ।

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहीबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

नेप्से परिसूचकमा पुनः गिरावट, ६ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक १.१३ प्रतिशत घटेर २६८२.२९ को विन्दुमा सीमित भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। 

भासिएको ४ महिनापछि सञ्चालनमा आयो कमलादीको सडक

सडक भासिएर क्षतिग्रस्त बनेको इच्छुमती (टुकुचा) खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो।

विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखरा एभेन्जर्स विजयी

एनपीएलको इतिहासमै पहिलो सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हराएको हो।

सुर्खेतको ‘नमूना’ बसपार्कः ठेकेदार भागेपछि व्यवसायीले तिर्न छाडे भाडा, नगरपालिका निरीह

कर्णाली प्रदेशकै ‘नमूना’ भनिएको बसपार्क सञ्चालन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विरेन्द्रनगर नगरपालिका बसपार्कका व्यवसायीबाट आफैंले तोकेको भाडा उठाउन सकिरहेको छैन। 

कुनै समय अमेरिकाको टाउको दुखाई बनेका हक्कानी, मारिए आत्मघाती हमलामा

अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो। हक्कानी नेटवर्क अमेरिकामा 'विदेशी आतंकवादी संगठन' को सूचीमा छ।

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।