फेदीस्थित लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेको छ। वर्षा नरोकिएकाले सडक तत्काल खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीयको अपेक्षा छ।
कोशी, मधेश, बागमती, गण्डकीसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
पोखरामा नियमित विद्युत् आपूर्ति नहुँदा पर्यटकलाई दिने सेवामा समेत थप असर परिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
सरकारले सुनका गरगहनामा विलासिता कर, आयातित मदिरामा परिमाणको सट्टा मूल्यका आधारमा भन्सार लाग्ने व्यवस्था गरेको छ भने सिमेन्टमा अन्तःशुल्क बढाएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ।
खुम्बु क्षेत्रमा लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याका कारण पर्यटकले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताउँछन्।
भारतले गण्डक नहरमा दुई महिनापछि पानी पठाएसँगै गण्डक जलविद्युत् केन्द्रले विद्युत् उत्पादन शुरू गरेको छ।
नेपालमा ‘झापा विद्रोह’को प्रेरणा मानिने भारतको नक्सलवादी आन्दोलनले ६० वर्ष पूरा गरिसकेको छ। यसका महासचिव बसवराजु गत हप्ता भारतीय सुरक्षाकर्मीको कारबाहीमा मारिँदा केही समूहले नेपालमा विरोध जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
हालैको एक अध्ययनअनुसार मानव–निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको झन्डै आधा जनसंख्याले औसतभन्दा एक महिना बढी चरम गर्मीको सामना गरेको छ।
२०१३ सालयता बन्द रहेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ स्थित ‘सेल्मे फलाम खानी’ पुन: सञ्चानलका लागि स्थानीयले सरकारसँग माग गरेका छन्।
कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रूपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको छ।
जिल्ला अदालतबाट जन्मकैद तोकिएका रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलम उच्च अदालतबाट सफाइ पाएर छुटेसँगै ज्युँदै जलाएर मारिएका व्यक्तिका परिवारजन अब ‘कतिखेर के हुने हो’ भन्ने त्रासमा छन्।
तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वीखण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिमखण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।
चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम शुरू गरिएको छ।
पहिलो क्वालिफायरमा पन्जाब किंसलाई ८ विकेटले हराउँदै बैंगलुरु फाइनलमा पुगेको हो। १०२ रनको विजयी लक्ष्य बैंगलुरुले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकमा देखिएको सवारीसाधनको चाप कम हुने विश्वास लिइएको छ।
भारतको सिक्किम तथा भुटान र बांग्लादेशको पूर्वी भूभागसम्म मनसुन आइपुगेको र यसै साताको अन्त्यसम्म पूर्वी भूभागबाट नेपाल प्रवेश गर्ने महाशाखाले जनाएको छ।