AnonymousUser

Logout

कोशी, बागमती, मधेश र गण्डकीमा हल्का वर्षाको सम्भावना 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आईपीएल: बेंगलुरुको विजयी शुरूआत

विराट कोहली र फिलिप साल्टको अर्धशतकमा बेंगलुरुले साविक विजेता कोलकात्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ। 

जिम्मेवारीबाट हटाइए एसईईमा मर्यादाविपरीत काम गर्ने ४ निरीक्षक

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

एशियाली राजमार्ग: काँकडभिट्टा–पाडाजुँगीखण्डको काम सुस्त

एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। निर्माणमा हालसम्म १५ प्रतिशत मात्र प्रगति भएको छ।

सिरहा घटनाः पीडित परिवारले दिए गाउँपालिका अध्यक्षसहितका व्यक्तिविरुद्ध जाहेरी

पीडित परिवारले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ।

जलवायु परिवर्तनको असरले विश्वभरका तालमा घट्दै अक्सिजनको स्तर

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वका ८३ प्रतिशत तालको सतहको पानीमा अक्सिजनको मात्रा घट्दै गइरहेको उल्लेख छ।

अमेरिकाले खारेज गर्‍यो ५ लाख आप्रवासीको कानूनी मान्यता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने बताएका छन्।

क्रिकेट खेल्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

विद्युत् सबस्टेसनमा आगलागीपछि अवरुद्ध हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा

भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।

खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटमा असिना: मकैबालीमा क्षति 

चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिना र पानीले मकैबालीमा बढी क्षति पुगेको छ।

थाइल्यान्डले भन्यो– गाजामा नयाँ तनाव देखिनु निराशाजनक

थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।

पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

भारतको देहरादूनमामा जारी महोत्सवमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायत गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्।

बागमतीको बजेट खर्च २५ प्रतिशत मात्र, राजस्व संकलन घट्दै  

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकामा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ।

विश्व पानी दिवस मनाइँदै

जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ।

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफै गएका थिए।

मनाङको ‘फू गाउँ’मा बीओपी राख्ने तयारी

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गाउँमा बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण हुने अपेक्षा छ।

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

जलवायु परिवर्तनका कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि सम्जुङ गाउँमा सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो। जलवायु अनुकूलनका लागि स्थानीय त्यहाँबाट बसाइँसराइको बाटो रोजे।

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

जिलेस्पीजंग कार्कीले गोलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ।