AnonymousUser

Logout

प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक टेबुल

विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन

आज बसेको मन्त्रिस्तरीय बैठकले नेपालमा ​​​​​​​सूचीकृत नभएका अनलाइन तथा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।

भेन्टिलेटर अभावमा सर्पदंशको बिरामीको मृत्यु

अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।

अफगानिस्तान भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४०० पुग्यो

भूकम्पका कारण तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्। करिब पाँच हजार ४०० घर ध्वस्त भएको अधिकारीहरूले जनाएका छन्।

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।

कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।

परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न थप योगदान पुगेको छ

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ।

गणपूरक संख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

गणपूरक संख्या यकिन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन।

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो।

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गरेका थिए।

काठमाडौँमा हैजा नियन्त्रण गर्न अपनाइएको त्यो उपायः मारेका झिँगा मानोमा भरेर पुरस्कार

चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।

नेप्से परिसूचक १५ अंकले घट्यो

नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ।

विजय दिवस परेडमा पुटिन र किम सहभागी, ट्रम्पद्वारा सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्रको आरोप

ट्रम्पले चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले पनि ज्यान दिएको स्मरण गराउँदै उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिनुपर्ने बताएका छन्।

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।

लिपुलेकमुनिका गाउँका पीडा: न बाटो छ, न सञ्चार

पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

पाकिस्तानको एक र्‍यालीमा आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्‍याली आयोजना गरिएको थियो।

तोलाको २ लाख ७ हजार ९०० रुपैयाँ पुग्यो सुनको मूल्य

मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।