जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादले विजयी शुरूआत गरेका छन्।
दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आईपीएलअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ।
जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ।
केएसएलका कार्यकारी निर्देशक डा. युवराज संग्रौलामाथि केही दिनअघि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपपछि खोज्दै जाँदा फेला परेका शृंखलाबद्ध घटना र त्यसको विस्तृत पाटोः
बाँकेको बेतहानीमा पानी ट्यांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गरेका छन्।
एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक आगामी जेठ तेस्रो साता काठमाडौँमा हुने भएको छ।
न्याय, कानून तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले हालको प्रावधान संशोधन गरी विवाह गर्न उमेर १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिएका छन्।
रुसी ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।
पुनर्निर्माण नहुँदा करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहरजस्तै बनेको छ।
राष्ट्रियसभामा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले स्वीकृत भएको छ।
आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ को विन्दुमा कायम भएको छ।
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै स्थानीय दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक भारतीय नागरिकको शव पाँच दिनपछि फेला परेको छ।
भुटानको चेम्गाङ जेलमा ३० वर्षयता थुनिएका ३२ राजबन्दीमध्ये तीन नेपालीभाषीलाई संयुक्त राष्ट्रसंघले मानव अधिकार हनन बेहोर्ने ‘प्रतिनिधि पात्र’ बनाएको छ।
माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगे टोलका १३ किसानले समूह गठन गरेर व्यावसायिक रूपमा वनतरुलखेती शुरू गरेका हुन्। उनीहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी जमिन भाडामा लिएका छन्।
हेटौँडा औद्योगिक क्षेत्रको १६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार ३०० टन धागो र एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो।