AnonymousUser

Logout

किम जोङ उनले गरे नयाँ युद्धपोतको निरीक्षण, दक्षिण कोरिया–अमेरिकाको सैन्य अभ्यासको आलोचना

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।

गृह मन्त्रालयद्वारा संघसंस्था नियमनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखा परीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन्।

मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

मकवानपुरको मनहरी गाउँपालिका–६, हाङलाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नकुहिने फोहोर बेचेर व्यास नगरपालिकाले कमायो १५ लाख

नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको छ।

इलाम नगरपालिकाले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल बन्द

नगरपालिका आफैँले लाखौँ रुपैयाँको लगानीमा निर्माण गरी सञ्चालन गरेको अस्पताल बन्द भएपछि नगरवासीले नगरपालिका नेतृत्वको आलोचना गरेका छन्।

फलोअप

मन्त्रिपरिषद्को निर्णयमै छलछाम: प्राडाको ठाउँमा अर्कै कृष्णप्रसादलाई भाषा आयोग सदस्य बनाउन जे गरियो

प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न?

डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बालिका तथा किशोरीहरू शोषणको जोखिममा पर्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म नेपालभर महिला तथा बालबालिकाबाट डिम्ब निष्कासन तथा भण्डारणमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।

उपसभामुखलाई हटाउने प्रयासको माओवादीले विरोध गर्ने, एमालेले भन्यो– 'हस्ताक्षर संकलन संयोग मात्र'

माओवादी केन्द्रले उपसभामुखलाई पदबाट हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गर्ने जनाएको छ, तर एमाले सांसद योगेश भट्टराईले भने कांग्रेस र एमालेले एकैदिन हस्ताक्षर संकलन गर्नु ‘संयोग’ मात्र भएको दाबी गरेका छन्।

अस्ट्रेलियामा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

सरदार भीमबहादुर पाँडे काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत हुन्।

टप एन्ड टी२० सिरिज: हुरिकेन्सलाई नेपालले दियो १८१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि शुरू भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमा पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ।

झापामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

भारतीय विदेशसचिव मिश्रीले लगाएको उपरखुट्टीको अर्थ के हो?

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जाल तरंगित बन्यो। भेटघाटका अजेन्डाभन्दा पनि सो तस्वीर नै चर्चा र टीकाटिप्पणीको केन्द्रमा रह्यो।

झापामा करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको छ।

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न सांसदलाई २ दिनको समय

‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी उपसमितिले तयार पारी समितिमा पेश गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई दुई दिनको समय दिइएको छ।