तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।
तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका व्यक्तिलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
साढे दुई वर्षअघि टुकुचाको अतिक्रमण हटाउन डोजर चलाएको काठमाडौँ महानगर त्यसयता टुकुचा संरक्षणका लागि के गर्दै छ भन्ने त कतै देखिन्न। बरु महानगरले हटाएका टुकुचामाथिका संरचना फेरि दुरुस्त भइसकेका छन्।
अनुगमनका क्रममा अधिकांश सुधारगृह मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको, सानो कोठामा धेरै व्यक्तिलाई राखेको, मनोपरामर्श चिकित्सकको सुविधासमेत नभएको पाइएको चितवन प्रशासनले जनाएको छ।
आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको छ।
जनकपुरधाम उपमहानगर– २३ बिन्धीमा आंसु यादवको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै अवरुद्ध पारिएको सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ।
सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई जना विदेशी र एक/एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेपछि कतिपय पीडितहरूले यस कार्यालयबाट तत्काल बचत फिर्ता पाउने आशा गरिरहेका छन्। वास्तवमा सहकारी नियमन प्राधिकरणले के काम गर्छ?
न्यायाधीश शारंगा सुवेदीको इजलासले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न चैत २६ गते दुवै पक्षलाई झिकाएको छ ।
शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
प्लास्टिक प्रदूषण एवं अन्य फोहोरका कारण उत्पन्न हुने संकटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने राष्ट्रसंघले जनाएको छ।
मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपक्षीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो।
यस सिजनमा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार हुनेछ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले माघ १५ गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो।
कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।
नेपाल सुपर लिगको उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ।
कैलालीको कैलारी गाउँपालिका, मनिकापुर सडकखण्डमा शनिबार भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटनाका लागि उक्साउनेसहित १११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।