सूचीकरणका लागि ७ दिनभित्र सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।
भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ।
विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।
अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।
एक दशकअघि नै सवारीसाधनमा ‘डिजिटल नम्बरप्लेट’ राख्ने योजना ल्याइएको थियो। त्यसका लागि इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्कासमेत लगाइसकेको सरकारले अख्तियारमा परेको उजुरीका कारण निर्णय लागू गर्न सकेको थिएन।
मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ थियो।
कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्।
राष्ट्रसंघका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्। तिनले जमिनको चार प्रतिशत भाग ओगटेका छन्।
अर्थ मन्त्रालयले उखु किसानलाई प्रोत्साहन, अनुदानबापत ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको छ।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको हो।
दुर्घटनामा मृत्यु हुनेसहित सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाए असोज १ देखि जरिबाना र कारबाहीमा परिने भन्ने भ्रममा नपर्न प्रष्ट पारेको छ।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले विदेशी विद्यार्थीका निम्ति निरन्तर कडाइ गरिरहेको छ। पछिल्लो समय विदेश विभागले रद्द गरेका ६ हजार भिसामध्ये करिब चार हजार विद्यार्थीले कानून तोडेको बताइएको छ।
दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको
आज परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ बिन्दुमा कायम भएको हो।
राष्ट्रपति डुमा बोकोले सरकारी कोषको अभाव र संयुक्त राज्य अमेरिकाबाट आएको सहायतामा भारी कटौतीका कारण राष्ट्रिय चिकित्सा आपूर्ति शृंखला भत्किएको बताएका छन्।