AnonymousUser

Logout

काठमाडौँ उपत्यकामा कर्फ्युको अवधि बढाइयो

विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूले आफ्नो संस्थाको परिचयपत्र देखाएर काममा आउनजान सक्नेछन्। हवाई उडानका यात्रुहरूले पनि टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

सोच्दै नसोचेको विध्वंस देखेर दु:खी बनेका जेनजी

आन्दोलनमा सहभागी भएका केही जेनजीले स्वार्थ समूह हावी हुँदा प्रदर्शनले हिंसात्मक मोड लिएको आरोप लगाएका छन्।

कारागारबाट भागे १३ हजार ५७२ कैदीबन्दी, समाज अशान्तिको भयमा

रवि लामिछानेलाई नक्खु कारागारबाट घर पठाइएपछि त्यसबाटै सिकेर बबण्डर मच्चाउँदै देशभरका कारागारबाट १३ हजार ५७२ कैदीबन्दी भागेका छन्। गम्भीर अपराधका अभियुक्तहरू नै समाजमा पुग्दा अपराधको जोखिम बढेको छ।

खरानी र खण्डहरमा पनि आशा देखिरहेकाहरू

आगजनीबाट खण्डहर बनेका सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतमा बुधबार बिहान पुग्दा कर्मचारीहरू आशा जीवितै राखेर जलेका कागजात बटुल्दै थिए। प्रहरी त खण्डहरभित्रै बास बनाउन जुटिसकेका थिए।

चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालबारे चासो

चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको पछिल्लो अवस्थाबारे चीनको धारणा जान्न चाहे। के भन्यो चीनले?

धादिङ कारागारमा सेनाको गोली लागेर १ कैदीको मृत्यु, ७ घाइते

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो।

सिंहदरबार वरपर आगजनीले क्षतविक्षत कार्यालय भवन (तस्वीरहरू)

सिंहदरबार प्रवेशको पास पाइने झ्यालहरू तोडफोड गरिएका छन्। त्यहाँबाट माइतीघर मण्डलतिर थोरै अगाडि कर्मचारी संगठनका कार्यालय, शहरी विकास तथा भवन निर्माण विभागलगायत कार्यालय जलाइएको छ।

भक्तपुर अपडेटः सदरमुकाममा संघीय कार्यालय ‘टार्गेटमा’, अन्य दुई पालिकाका कार्यालयमा क्षति

भक्तपुर र चाँगुनारायण नगरपालिका र वडाका कार्यालयहरूमा आन्दोलनकारीले क्षति नपुर्‍याए पनि सूर्यविनायक र मध्यपुर थिमीमा पालिकासहित नेताहरूको घरमा पनि आगजनी भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

उडानका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयबारे जानकारी लिएर मात्रै विमानस्थल पुग्न प्राधिकरणले आग्रह गरेको छ।

डिल्लीबजार कारागारः भाग्न खोज्ने र नखोज्नेबीच भित्रै भएको थियो झडप

रवि लामिछानेलाई नक्खु कारागारबाट मंगलबार नै छाडिएको थाहा पाएपछि डिल्लीबजार कारागारका केही कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन थालेका थिए। त्यसपछि झडपको अवस्था बनेको थियो।

प्रदर्शनकारीले 'आगो लगाउँछाैं' भनेपछि केन्द्रीय कारागारबाट भागेका थिए ३ हजारभन्दा धेरै कैदी

केन्द्रीय कारागारमा झडप भइरहेका बेला नख्खु कारागारबाट आएका प्रदर्शनकारीले कारागारमा आगो लगाइदिने भनेपछि त्यहाँका कैदीबन्दी निस्किएका कारागार प्रशासनले जनाएको छ।

सरसफाइमा ‘जेनजी’

उनीहरू बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका छन् भने सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन्।

आगलागीको भोलिपल्ट यस्तो देखियो संसद् भवन

भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो।

जसले जोगाए राष्ट्रिय अभिलेखालय

रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।

प्रहरी वृत्त महाराजगन्जमा दुई प्रहरीको मृत्यु

मृत्यु हुनेमा एक सहायक निरीक्षक र एक जवान रहेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन्।

गम्भीर अपराधका कसुरदार पनि निस्किँदैछन् जेलबाट

जेनजी आन्दोलनपछि देशका धेरै कारागारबाट गम्भीर अपराधका कैदीबन्दी पनि निस्किन थालेका कारण सुरक्षा चुनौती बढेको सुरक्षाविज्ञहरू बताउँछन्।

हिल्टन होटलको आगो आसपासमा घरमा फैलिने जोखिम

होटल आसपासका घरमा आगो फैलिने जोखिम छ। स्थानीयले होटलबाट करिब २०० वटा ग्यास सिलिन्डर बाहिर निकालेका छन्।

राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश– संयमता अपनाउनुस्

नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै महासचिव गुटेरसले मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

लुटपाटमा संलग्न धमाधम पक्राउ पर्दै, बौद्धबाट ३३ लाखभन्दा बढी बरामद

काठमाडौँका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएका सेनाले जनाएको छ।

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दी स्थानान्तरण गरिँदै

आगजनी भएपछि सबै कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र लैजाने प्रयास भइरहेको कारागार प्रशासनले जनाएको छ।