AnonymousUser

Logout

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै साँझ ६ बजेसम्म बन्द कायम गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

सर्वोच्च अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित, अझै बलिरहेको छ आगो

मुख्य रजिष्ट्रार विमल पौडेलले सूचना जारी गरेर आजको लागि मुद्दाको पेसी स्थगित गरिएको र अर्को सूचना जारी नभएसम्मका लागि सबै सुनुवाइ स्थगित भएको जनाएका छन्।

सेनाले लगायो देशभर कर्फ्यु

निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स शववाहन दमकल स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनमात्र सञ्चालन हुने जनाइएको छ।

डिल्लीबजार कारागार तनावग्रस्त

रिहा हुनुपर्ने माग गर्दै कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। त्यहाँ अहिले सेना पुगिसकेको छ।

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

नेपाली सेनाले नागरिकलाई एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ।

काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न ३१ जना पक्राउ

नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

परिस्थिति नियन्त्रणमा लिन खटियाे सेना

आफ्नो यस कदममा सहयोग गर्न सेनाले सम्पूर्ण देशवासीलाई अपिल गर्दै सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने समेत जनाएको छ।

प्रधानसेनापतिको सम्बोधनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता तथा देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको भन्दै उनले आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निम्ति आह्वान गरेका हुन्।

प्रधानसेनापतिबाट सम्बोधन हुँदै

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो।

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन्।

सेनाको वक्तव्य– 'विकसित घटनाक्रमलाई विश्लेषण गरिरहेका छाैँ'

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थका लागि नेपाली सेना प्रतिबद्ध रही आएको जनाउँदै परिस्थितिलाई थप जटिल हुन नदिन आग्रह गरेको छ।

जेनजीलाई सन्दुक रुइतको आग्रह– सार्वजनिक सम्पत्ति नोक्सान नगराैँ

जेनजीले अदम्य साहस देखाएको र त्यसैको कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले अब संयमित हुन उनले आग्रह गरेका हुन्।

आन्दोलनका घाइतेको बयान, ‘प्रहरीले लुकेर ताकी ताकी गोली हान्यो..’

बानेश्वर चोकको आकाशे पुल पार गरेर साथीहरूसँग फर्किरहेको  बेला अभिषेकको खुट्टामा दुई वटा गोली लाग्यो। गोली लाग्नासाथ बेहोस भएका उनी होसमा आउँदा बानेश्वरको एभरेस्ट अस्पतालमा थिए।

प्रधानसेनापतिसहित सुरक्षाप्रमुख र मुख्यसचिवको अपिल– संवादबाट समाधान निकालौँ

सुरक्षा निकाय र कर्मचारी तन्त्रका प्रमुखले अहिले संयुक्त अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृतसमेत भएको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका हुन्।

बालेनको अपिल– अब संयमित हुनुस्

उनले भर्खरै फेसबुक स्टाटस लेख्दै जेन–‍जी समूहलगायत सबै प्रदर्शनकारीलाई सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न पनि आग्रह गरेका छन्।

छोराछोरीले नै माग्न थाले राजनीतिमा लागेका बाबुआमाको राजीनामा

राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।

आफ्नो मान्छेको खबर जब प्रहरी र अस्पतालले दियो

बिहानै हिँडेका दाइ साँझसम्म पनि घर नफर्केपछि फोन गर्दा प्रहरीले उठाउँदै भन्यो,– 'घाइते भएका २५–२६ जनालाई एकैपटक अस्पताल ल्याएको छ। तपाईं बिरामीलाई हेर्न आउनुहोला।'

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै​​​​​​​ राजीनामा दिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले बताए।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै मन्त्री पौडेलले राजीनामा दिएका छन्।