AnonymousUser

Logout

वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक संकट समाधान गर्न संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन्।

आन्दोलनका क्रममा भएको क्षतिप्रति चेम्बरद्वारा दुःख व्यक्त, संवाद र सहकार्यमा जोड

चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।

सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्ने

भदौ २४ गते सर्वोच्च अदालतलगायत देशभरका अन्य अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। यसबाट अदालतका महत्त्वपूर्ण दस्ताबेज, उपकरण र भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।

हातहतियारसहितका सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरूसमेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरिएको छ।

मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी

उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय भवनलगायत आगजनीबाट ध्वस्त संरचना सफा गर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ।

अस्पतालमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३२१ जना उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकामध्ये उपचारका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।

संविधानको दायराभित्र रहेर मात्र निकास खोज्न बारको आग्रह

नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताभन्दा बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिको विरोध गर्ने स्पष्ट पार्दै संवैधानिक मान्यताभित्र रहेर मात्र निकास खोज्न आग्रह गरेको छ।

राष्ट्रपतिको सन्देश- संवैधानिक दायराबाटै देशलाई निकास दिन हर प्रयास गर्दै छु

राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम अपनाउँदै शान्ति सुव्यवस्था कायम राख्ने काममा सहयोग गर्न अपिलसमेत गरेका छन्।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध भएको छ।

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन्।

राष्ट्रपतिको अभिभावकत्वमै निकास खोज्न बृहत् नागरिक आन्दोलनको आग्रह

बृहत् नागरिक आन्दोलनले नागरिकको संघर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ।

एमालेको वक्तव्य– संवाद शुरू गर्न राष्ट्रपतिलाई आग्रह

नेकपा (एमाले)ले संविधानको मर्मअनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पाैडेललाई आग्रह गरेको छ।

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन्। बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन्।

सेवा शुरू गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो।

रामेछाप कारागारमा गोली चल्दा २ जना कैदीबन्दीको मृत्यु,  राजविराज कारागारबाट भागेका १९२ जना सेनाको नियन्त्रणमा

रामेछाप कारागारमा कैदीबन्दीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियो। गोली लागेर १२ जना कैदीबन्दी घाइते भएका छन्।

सडकमा बढ्यो चहलपहल [तस्वीरहरू]

बजारमा किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेको संख्या बढेको छ।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० सम्म बन्द

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ।

देशका विभिन्न स्थानमा वर्षा

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कास्की र म्याग्दीबाट भागेका ४ कैदी बागलुङमा पक्राउ

जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।