भूकम्पका कारण तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्। करिब पाँच हजार ४०० घर ध्वस्त भएको अधिकारीहरूले जनाएका छन्।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।
राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ।
गणपूरक संख्या यकिन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन।
खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गरेका थिए।
चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।
नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ।
ट्रम्पले चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले पनि ज्यान दिएको स्मरण गराउँदै उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिनुपर्ने बताएका छन्।
भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।
पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।
राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्याली आयोजना गरिएको थियो।
मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।
कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।
दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही भूभागमा मध्यम वर्षाको सम्भावना छ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।