AnonymousUser

Logout

युक्रेनमा बन्दी बनाइएका उत्तर कोरियाली सैनिकले मागे दक्षिण कोरियामा आश्रय

दक्षिण कोरियाको संविधानले उत्तर कोरियाली नागरिकलाई समेत कोरियाली नागरिकका रूपमा मान्यता दिएकाले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ।

नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्यो, ९ अर्बको शेयर कारोबार

नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ को बिन्दुमा कायम भएको छ।

बन्चरेडाँडा ल्यान्डफिल साइट: १५ दिनभित्र सहमति कार्यान्वयनको प्रक्रिया बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

ल्यान्डफिल साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एक/एक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ।

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरला नाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडक मर्मतका लागि उपकरणसहित टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालन

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुंगा खस्दा आइतबार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

भारतीय बैंकले नेपालीलाई ऋण दिने भनिएको भारतको नीतिगत निर्णय के हो?

भारतीय नीतिअनुसार त्यहाँका तीन बैंक स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेसनल बैंक र आईसीआईसीआई बैंक नेपालीलाई ऋण दिन योग्य छन्। नेपालले पनि विदेशबाट ऋण लिने विषय नीतिगत रूपमा खुल्ला राखेको छ।

कागबेनी–कोरला सडकमा पहिरो, यातायात सञ्चालन हुन समय लाग्ने

राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

विराटनगरबाट धनगढीतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।

मोन्था आँधीको प्रभाव कमजोर बन्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बाजुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३६ जना घाइते

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सरकार र आन्दोलनरत नर्सबीच सहमति

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी अस्पतालहरूले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गरेर पूर्ण सरकारी सरहको तलब पुर्‍याउने सहमति भएको छ।

आईसीसी लिग-२: नेपालको लगातार तेस्रो पराजय

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले कांग्रेस महामन्त्रीद्वय थापा र शर्मासँग गरिन् छलफल

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्।

एमाले ११औँ महाधिवेशन काठमाडौँमा गर्ने सचिवालयको निर्णय

एमालेको सचिवालय बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११औँ महाधिवेशनको स्थल परिवर्तन गरी काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

कृषक भन्छन्– वर्षाले धान मात्रै होइन हाम्रो मिहिनेत पनि बगायो

धान भित्र्याउने र नयाँ बाली लगाउने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसानलाई थप चिन्तित बनाएको छ।

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

भोजपुरको षडानन्द नगरपालिका–४ मा चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भारतको आन्ध्र प्रदेशस्थित मन्दिरमा भागदौड हुँदा ९ जनाको मृत्यु

दक्षिणी भारतको आन्ध्र प्रदेशको कासीबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।