AnonymousUser

Logout

मेची राजमार्ग अवरुद्ध, ४ जिल्लाका यात्रु प्रभावित

इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन गोलाखर्क भन्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन्।

प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदान हस्तान्तरण नहुँदा बजेट कार्यान्वयन  प्रभावित

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम अनुदान नछुट्याइएको मात्र नभई तल्लो तहमा पठाउने भनेर तोकिएको रकमसमेत आंशिक रूपमा हस्तान्तरण हुने गरेको पाइएको छ।

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा रोकिए पर्यटक

लुक्ला र नाम्चे बजारका होटल पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको जनाइएको छ।

कञ्चनपुरमा बस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।

बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

सडक अवरुद्ध हुँदा स्थानीयलाई गन्तव्यमा पुग्न समस्या भएको छ। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीका साथै स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको छ।

खोटाङमा थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति

पाकेर पहेँलपुर भएको धान थन्क्याउनका लागि काटेर खेतमै सुकाइएको थियो। सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको छ।

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन्। करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेट हुँदा खुशी छन्।

कोशी, बागमती र गण्डकीमा वर्षा

दिउँसो कोशी, मधेश र बागमतीमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

जोमसोम-कागबेनी सडकखण्ड भासिँदा गन्तव्यमा नपुगी फर्किए पर्यटक

जोमसोम–कागबेनी र कागबेनी-छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनामा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

उत्तरी केन्याको खडेरी: गाईपालन छोडेर उँटको भरमा जीवन धान्दै स्थानीय

खडेरीका कारण केन्याको सुक्खा र अर्ध–सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईबस्तु मरेपछि स्थानीय पशुपालकमा कुपोषणको समस्या देखियो। यसको समाधानका लागि सम्बुरु काउन्टीका अधिकारीले उँटपालन कार्यक्रम थालेका हुन्।

बञ्चरेडाँडामा पुन: अवरोध, फोहोर बोकेका गाडी बाटोमै रोकिए

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन्।

ओली-लेखकले उपत्यका छाड्न नपाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

आयोगको सिफारिसको वैधताका सम्बन्धमा अन्तिम सुनुवाइ र निरूपण हुँदा बोलिने विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गरिरहनु नपर्ने इजलासले निर्णय गरेको छ।

जेनजी आन्दोलनका बेला लुटिएको पेस्तोल बिक्रीमा संलग्नताको आरोपमा ५ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पक्राउ परेकाहरूको साथबाट सिएफ ९८–९ पेस्तोल एक थान, एक थान म्याग्जिन र १५ थान गोली बरामद गरिएको छ।

अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न त्रिविको आग्रह

त्रिविले अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको शर्त उल्लंघन गरेको देखिएको बताएको छ।

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, एमाले नेताबाट निरन्तर अवरोध

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।

असोज ९ गतेयता ९० हजारको मतदाता नामावली संकलन

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।

अलपत्र पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी परिचालन

हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।

भिजिट भिसामा नयाँ मापदण्ड लागू, अब यी ४ कागजात भए पुग्ने

अध्यागमन विभागले भिसासम्बन्धी ६ बुँदे प्रावधान खारेज गरी मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

अक्टोपस झरनामा पानीको बहाव बढेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको तथा जगत नजिकका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेकाले बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।