AnonymousUser

Logout

‘कुलिङ पिरियड’बारे के भन्छन् पूर्वप्रशासक?

निजामती विधेयक संसदीय समितिबाट पारित भएको एक साता नबित्दै उच्च प्रशासकहरूले 'कुलिङ पिरियड'मा असहमति जनाउँदै त्यसलाई सच्याउन सभामुख, राष्ट्रियसभा अध्यक्ष र राजनीतिक दलका नेताहरूसँग आग्रह गरिरहेका छन्।

समयसीमासहित ‘अर्थतन्त्र सुधार कार्यान्वयन कार्ययोजना’ जारी

सरकारले हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलाई गाभेर सरकारको स्वामित्वमा केही हिस्सा मात्र राखी बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाएको छ।

रुसको एक अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको छ।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

विदेशी विद्यार्थी भर्ना लिन हार्वर्डलाई ट्रम्प प्रशासनको बन्देज

हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ।

पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

मौलिक सभ्यता बोकेको यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।

बर्खा नलाग्दै बीपी राजमार्गको बिजोग [तस्वीरहरू]

बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ।

बैतडी केन्द्रविन्दु भएर लगातार २ पटक भूकम्प

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो। 

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली  भूभागमा हल्का वर्षा र हिमपातसमेत हुनेछ। 

दाङको वन क्षेत्रमा फेला परे ७ वटा बाघ

एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।

तिलगाउँ बाढीको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलमा हवाई उडान अवरुद्ध

रुसको राजधानीलक्षित युक्रेनी ड्रोन आक्रमणपछि बिहीबार मस्को वरपरको हवाई उडान अवरुद्ध भएको संघीय हवाई यातायात एजेन्सीले जनाएको छ।

तिलगाउँमा बाढी आएको १ सातापछि बल्ल प्रदेश सरकारले पठायो राहत

हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा जेठ १ गते आएको बाढीपहिरोबाट प्रभावितका लागि कर्णाली प्रदेशले बिहीबार राहत सामग्री पठाएको छ।

धावनमार्गमुनिबाट पानी निस्किएपछि सुर्खेत विमानस्थल थप दुई बन्द रहने

शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जनाएको छ।

नेप्से परिसूचकमा १९ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ।

विश्वभरका इजरायली नियोगमा सुरक्षा बढाउन नेतान्याहुको आदेश

वासिङ्टनको यहुदी संग्रहालयबाहिर बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि प्रधानमन्त्री नेतान्याहुले विश्वभरका इजरायली कूटनीतिक नियोगमा सुरक्षा उपाय बढाउन आदेश दिएका छन्।

मनसुनअगावै जोखिम आकलन गरी पूर्वतयारी थाल्न सरकारलाई सांसदको सुझाव

सांसदले विपद्को जोखिम न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

चलायमान बन्दै पोखराको प्याराग्लाइडिङ, अब खपौदीमा अवतरण

पुरानै ठाउँमा अवतरण गर्ने र समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्।

इन्टरनेटको जमानामा हुलाक: नागरिकले बिर्सिन थाले, ब्युँताउँदै सरकार

हुलाकले अहिले पनि चिठी ओसार्छ, तर आम्दानीको प्रमुख स्रोत विदेश पठाउने र उताबाट आउने पार्सल हुन्। यही हुलाकलाई सरकारले चालु आवदेखि पुनर्संरचना गरेर सबै पालिका पुर्‍याउँदै कामको शैलीसमेत फेरेको छ।