AnonymousUser

Logout

वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

कांग्रेस केन्द्रीय समिति लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

जाँचबुझ आयोगको पत्रपछि प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।

नेप्से परिसूचक सामान्य अंकले घट्यो, ६ अर्ब बढीको कारोबार

सोमबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ विन्दुमा कायम भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नाबालिग बलात्कारका ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी

नाबालिग बलात्कारमा व्यापारी सुशील चटौतलाई ललितपुर अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले सफाइ दिएको थियो। कांग्रेस नेता उमेश श्रेष्ठसँग सम्बन्ध जोडिएका सुशीलको मुद्दा सर्वोच्च नलैजान प्रक्रिया अगाडि बढाइएको छ।

बाढीपहिरोले अझै ५ राजमार्ग अवरुद्ध

दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।

कृष्णसार हेर्न जाने कि खैरापुर (तस्वीरहरू)

कृष्णसार खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। आवादी छेउमा घरपालुवा जनावर गाई, भैंसी, भेडा बाख्राहरू सँगसँगै चर्ने र बस्ने पनि गर्छ।

अफगानिस्तानमा फेरि गयो शक्तिशाली भूकम्प

सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।

महिला एकदिवसीय विश्वकपको च्याम्पियन बन्यो भारत

मुम्बईको डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न खेलमा भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरेको हो।

पश्चिमी वायुको प्रभाव कायमै

कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

अक्टोबरमा भित्रिए एक लाख २८ हजार पर्यटक

गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पेट्रोलियम पदार्थ अवैध रूपमा बेच्दै गर्दा ट्यांकर चालकसहित ४ जना पक्राउ

पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।

८ वामपन्थी दलबीच एकता सहमति, बुधबार संयुक्त सम्मेलन गरी घोषणा गर्ने

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच एकता सहमति भएको छ। यी दलहरूले कात्तिक १९ गते (बुधबार) संयुक्त सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।

निर्वाचनको वातावरण निर्माणमा संघ सरकारसँग सहकार्य गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेका थिए।

४० वर्षपछि मन्दिरमा फर्काइँदै ऐतिहासिक ब्रह्माको मूर्ति

विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिएको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्तिलाई अब मन्दिरमै पुनर्स्थापना गरिने भएको छ।

गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोपमा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भक्तपुरको बाल सुधारगृहबाट भागेका २० बन्दीमध्ये १५ जना पक्राउ

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार दिउँसो ढोका तोडेर भागेका २० मध्ये १५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पुनः पक्राउ गरेको छ।

कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे

जेन–जी आन्दोलनपछि सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई संस्कृतिमन्त्री बनाउन प्रस्ताव भयो। तर शपथको दिन अचानक भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने भनिएपछि उनले पद अस्वीकार गरे।

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले दियो अन्तरिम आदेश

सरकारले गत असोज ३० गते कात्तिक २० गतेभित्र अमेरिका, चीन, रुससहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।