AnonymousUser

Logout

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

नेपाल थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो। प्रतियोगितामा नेपालबाट १२ खेलाडी सहभागी थिए।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।

दुर्गमका लागि प्रभावकारी टेलिमिडिसिनः सरकारको बेवास्ताले बन्द अवस्थामा

सरकारले दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिन डेढ दशकअघि शुरू गरेको टेलिमेडिसिन कार्यक्रम प्रदेशमातहत गएपछि अलपत्र छ। संघीय सरकारबाट बर्सेनि गइरहेको बजेट खर्चको एकीकृत अभिलेख पनि छैन।

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

मनासलु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्छ।

नवलपरासीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर

टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीन जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा सवार थिए।

मकवानपुर बस दुर्घटना: मृतकको संख्या ३ पुग्यो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा र अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाजामा युद्धको असर : प्रयोगयोग्य कृषि भूमि ५ प्रतिशतभन्दा कम

युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।

दुई महिना लामो ‘अन्डरकभर अपरेसन’पछि लिइएको थियो अध्यागमनमा एक्सन, साँठगाँठ कहाँसम्म?

गत बुधबार अध्यागमन कार्यालयमा छापा मारेसँगै उजागर भएको पछिल्लो भिजिट भिसा प्रकरणसम्म पुग्न अख्तियारले दुई महिना लामो विशेष अपरेसन सञ्चालन गरेको थियो। के कारणले जोडियो यसमा गृहमन्त्रीको नाम?

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका नगरप्रमुख नेपालीलाई थुनामा राख्ने आदेश

अदालतले पोखराको इमेज सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पार्टीविशेषबाट क्षेत्र कब्जामा लिनु विधिको शासन विपरीत हुने आयोगको भनाइ छ।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, साढे ७ अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।

रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ।

हिमाली क्षेत्रमा औसतभन्दा अधिक वर्षा, मासिँदै माटोका छाना भएका घर

विशेष गरी नार्पाभूमि गाउँपालिकाका नार र फुमा माटोबाट निर्मित पुरातन सांस्कृतिक शैलीका घर वर्षाका कारण नासिँदै गएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए। 

वसुन्धरामामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँको वसुन्धरामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैनः कांग्रेस

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै पनि संलग्नता नरहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो 

सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भन्सार महसुल बढ्ने चर्चाले ईभी आयात उच्च, ‘स्टक’ रहने गाडीको मूल्य के होला?

कर बढ्ने आकलन गरेर व्यवसायीले बजेटअघि विद्युतीय गाडीको आयात ह्वात्तै बढाए पनि आउँदो आर्थिक वर्षसम्म स्टक रहने तिनै गाडी उपभोक्ताले कति मूल्यमा पाउँछन् भन्नेबारे अन्योल नै छ।

ईयूसँग करसम्बन्धी वार्ताको समयसीमा बढाउन ट्रम्प सहमत

गत शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।