AnonymousUser

Logout

काठमाडौँमा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध, अटेर गरे १० हजार जरिबाना शीर्षक

वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले कामपाको वातावरण विभागले महानगर क्षेत्रभित्र फोहोर र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको जनाएको छ।

जापानमा ६.७ रेक्टरको शक्तिशाली भूकम्प, उत्तरपूर्वी तटमा सुनामीको चेतावनी

जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट प्रहरीले दुई वटा रिभल्वर बरामद गरेको छ।

भारतको भान्तारा चिडियाखानामा पुनः पशु अधिग्रहण विवाद

पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल चिडियाखानालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्रका रूपमा चिनिन्छ।

तोलामा २०० रुपैयाँ घट्यो सुन

शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ रहेको छ।

घोडाघोडीमा जिपको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

गम्भीर घाइते एक जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

हेटौँडामा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा स्थानीय आशावादी छन्।

हिमपातपछि बेँसी झारियो मुस्ताङका याकचौँरी

उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले ढाकिएका छन्। पानीका मुहानसमेत हिउँले जमेपछि याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसी झारिएको छ।

कोशी र गण्डकीका हिमाली भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

काभा महिला भलिबलः नेपाल फाइनलमा

कोलम्बोमा शनिबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो।

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा साढे ३ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

त्रिभुवन विमानस्थलको ‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ प्रणाली’मा समस्या आउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएको छ।

मधेशका मुख्यमन्त्री सोनलले गरे राजीनामाको घोषणा

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका हुन्।

करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्।

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पूर्वसहसचिव कार्की पक्राउ

नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

‘शटडाउन’को असर : अमेरिकी एयरलाइन्सले रद्द गरे करिब एक हजार उडान

हाल अमेरिकामा करिब चार प्रतिशत उडान कटौती गरिएका छन्। यातायातमन्त्री सेन डफीका अनुसार ‘शटडाउन’ लामो समयसम्म रहिरह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।

बागलुङमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

बागलुङको ढोरपाटनमा पिकअप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हङकङ सिक्सेस: नेपालसँग भारत ९२ रनले पराजित

नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो।

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिपमा सवार ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल छन्।