अख्तियारले पुरानो पेस्की फर्स्योट नभए पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
नेपालले विनाशकारी बाढीबाट प्रभावित श्रीलंकालाई राहत र पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।
मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।
प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।
एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।
सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने उल्लेख छ।
सीआईबीको टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।
गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।
काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
आइतबार मध्यान्ह १२:९ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
वार्ताले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने जनाइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।
महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।
सुक्खा मौसम शुरू भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान डिले, रद्द र पुनः बुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन्। फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।
प्रहरीले काठमाडौँबाट रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ।