AnonymousUser

Logout

हमासको गाजा प्रमुख सिनवारको शव भेटिएको इजरायलको भनाइ

इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

सुन्तला लगाउने बारीमा भेटिएका वस्तु यार्सागुम्बा भएको पुष्टि

पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यूईएफए नेसन्स लिग: स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले जित्यो उपाधि

म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।

काठमाडौँ आइपुगे अमेरिकाबाट डिपोर्ट भएका नेपाली

अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौँ आइपुगेका छन्।

मानवीय सहायता लिए गाजा जाँदै गरेको जहाजलाई रोक्न इजरायलले सेनालाई दियो आदेश

इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा जाँदै गरेको जहाजलाई रोक्न सेनालाई आदेश दिएको छ। जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।

नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पर्सामा कार दुर्घटनामा परी १ जनाको मृत्यु, ३ घाइते

वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।

आयल निगमका गण्डकी प्रदेश प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यातायात सिन्डिकेटमा दलहरूको साथ, सरकार संरक्षक

कानूनी रूपमा सात वर्षअघि नै सार्वजनिक यातायातमा अन्त्य गरिएको सिन्डिकेट व्यवसायीहरूको बलजफ्तीले अझै कायम छ। दलको संरक्षण पाएका तिनै व्यवसायीलाई सरकारले पनि साथ दिएको छ, कसरी?

अब त्रिवि शिक्षण अस्पतालमै लिंग परिवर्तन शल्यक्रिया

अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।

समर्थन मूल्यमा बिकेन चैतेधान

सरकारले यस वर्षका लागि चैते‍धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।

लस एन्जलसमा आप्रवासीको विरोधपछि ट्रम्पले पठाए नेसनल गार्ड

आप्रवासीसम्बन्धी नियम कार्यान्वयनका क्रममा भएको विरोधलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसका सडकमा दुई हजार राष्ट्रिय गार्डका सैनिक तैनाथ गर्न आदेश दिएका छन्।

नेप्से परिसूचक ११ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको छ।

तुलसीपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, चिनियाँ कम्पनी एशियाइन्फो युनहान्ग सफ्टवेयरका उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला

सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।

कोलम्बियामा राष्ट्रपतिका उम्मेद्वारमाथि गोली प्रहार

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको निन्दा गरेको छ।