उनले युद्ध रोक्न आफूले धेरै प्रयास गरे पनि यसको श्रेय नमिल्ने भन्दै गुनासो पोखेका छन्। उनले भनेका छन्, 'म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ मानिसहरूले त्यो बुझ्छन्।'
आगलागीबाट मानवीय क्षति भएको छैन। सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
सातमध्ये ६ वटा प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका छन्।
इरान र इजरायलबीचको बढ्दो तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। तर युद्धको जोखिम भएका यस्ता देशहरूमा नजान नेपाली श्रमिक र सरकार दुवै गम्भीर देखिएका छैनन्।
मानव अधिकार आयोगले समाचारका विषयलाई लिएर पत्रकारलाई लक्षित गरी भइरहेका धम्की, दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको माओवादी केन्द्र, कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।
असारे विकास भनेर आलोचित हुँदै आएको सरकारलाई आवको अन्त्यको खर्च रोक्न महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमार्फत सुझाव दिँदै आएको छ तर असारमा नै अधिक खर्च हुने प्रवृत्ति रोकिएको छैन।
आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा कायम भएको छ।
सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले मात्र गरिरहेको नुनको आयात अब निजी क्षेत्रलाई पनि दिनसक्ने बाटो खुल्ने भएको छ। तर सरकारका अधिकारी त्यसका लागि ऐन सक्रिय नपारिएको बताउँछन्।
सांसदले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएको ठाउँमा अर्को बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपाको नाराबाजी, राप्रपाको बैठक बहिष्कार र सत्ता पक्षका सांसदको न्यून उपस्थितिका कारण प्रतिनिधिसभामा अधिकांश कुर्सी खाली देखिएका छन्।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ।
किसानले पुराना बगानको संरक्षणसँगै धमाधम नयाँ बिरुवा रोपिरहेका छन्। अन्य बालीको तुलनामा बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानहरू सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।
हेलिकप्टर देहरादुनबाट तीर्थयात्री बोकेर केदारनाथका लागि उडेको थियो। मृत्यु हुनेमा ६ जना तीर्थयात्री र एक पाइलट रहेका छन्।
कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।
निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए।
अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो। दक्षिण अफ्रिका न्युजिल्यान्ड र अस्ट्रेलियापछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ।