एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।
प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले विस्तृत खोज रिपोर्ट प्रकाशित गरेको थियो।
बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।
काठमाडौँ उपत्यकामा सार्वजनिक कुकुरको व्यवस्थापन चुनौती बन्दा मोटरसाइकल र पैदलयात्री जोखिममा परिरहेका छन्। तर स्थानीय तहले बन्ध्याकरणबाहेक व्यवस्थापनका अन्य उपाय पहिचान गर्नै सकेका छैनन्।
साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।
पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।
तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।
२०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो। सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बांग्लादेश निर्यात भइरहेको छ।
हङकङको अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने ७६ जना घाइते भएको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।
जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।
अख्तियारले पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसम्बन्धी ठेक्कामा मिलेमतो गरेको आरोपमा कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।
उच्च अदालत पाटनले सुन तस्करी तथा संगठित अपराध मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ।
बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।
नेपाल-बांग्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिले नेपालबाट बांग्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ।
एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।