सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभाबाट २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको छ।
सेवाभावबाट शुरू भएको एनआरएन अभियानमै धब्बा बनेको फुट र निषेधको शृंखलामा आइतबारको एकता घोषणाबाट बिराम लागे पनि राज्य–समाजका हरेक अवयवमा बिस्तारित दलीयकरणबाट थिलथिलो बनेको यो संस्था तंग्रिइहाल्ने टुंगो छैन।
नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।
उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको छ।
कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २,६४५.२४ को विन्दुमा कायम भएको छ भने कारोबार रकम चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो।
सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।
भ्रष्टाचार मुद्दामा ढाकाको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई पाँच वर्ष र उनकी बहिनी शेख रेहानालाई सात वर्ष र उनी छोरी ट्युलिप सिद्दिकलाई दुई वर्षको जेल सजाय सुनाएको छ।
पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।
राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूले गरेको 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद्हरूको राय लिने बताएका छन्।
आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्यो।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै राजनीतिक दल दर्ता गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।
यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।
'जेनजी' आन्दोलनका क्रममा काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर पैसा चोरी, आगजनी तथा तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनका लागि १२० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।
आइतबार ‘ताइ पो’ क्षेत्रमा रहेको उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एक हजारभन्दा बढी नागरिक शान्तिपूर्वक भेला भएका थिए।