AnonymousUser

Logout

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी 

कांग्रेस संसदीय दलको नेता चयनका लागि बिहान ८ः३० बजेदेखि मतदान शुरू भएको छ।

२ नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका दुई तत्कालीन नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

देशभर चिसो बढ्यो, तराईमा बिहानैदेखि हुस्सु

देशका अधिकांश भागको तापक्रम घट्दै जाने हुँदा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

कांग्रेस संसदीय दलको निर्वाचन आज

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो?

कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन थापा साझा उम्मेदवार बन्नु एउटा परिघटना मात्र हो। तर, यही एउटा घटनाले मुलुककै पुरानोमध्येको पार्टीमा पुस्तान्तरणको ढोका खुलेको चर्चा भइरहेको छ।

सामाजिक सुरक्षामा समेटिँदै अनौपचारिक, स्वरोजगार र बिदेसिएका श्रमिक

नयाँ योजना कार्यान्वयनमा आएसँगै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका करिब ८२ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने आकलन गरिएको छ।

एमालेले भुल्नै नचाहेको पुस ५

नयाँ प्रतिनिधिसभा गठन हुने सुरसार भइरहँदा पनि एमालेले आफ्नो नेतृत्वको तत्कालीन सरकारले गरेको प्रतिनिधिसभा विघटनको औचित्य साबित गर्ने भरमग्दुर प्रयत्न गरिरहेको छ।

ओली भन्छन्– एमाले सरकार बनाउने खेलमा सामेल हुँदैन

एमाले अध्यक्ष ओलीले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागेकाले आफ्नो पार्टी त्यसमा सामेल नहुने बताएका छन्।

पाल्पाको तानसेनमा भेटिए तोपका गोला

तानसेन नगरपालिका–४ गोलाखानामा जग्गा खन्ने क्रममा तीन सय तोपका गोला फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

सरकारले पारित गर्‍यो चार नीति, स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउनुपर्ने

मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका नीति पास गरेको छ।

जसपा र एकीकृत समाजवादीबीच एकताको पहल शुरू

जसपा र एकीकृत समाजवादीबीच एकता गर्न दुई पार्टीका अध्यक्षबीच छलफल भएको स्रोतले जनाएको छ। एकताको पहल भए पनि औपचारिक छलफलसम्म नपुगिएको नेताहरूले बताएका छन्।

नेपाल टी-२० लिग : ग्रिफिथको कप्तानीमा जनकपुरको टोली घोषणा

नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली जनकपुर रोयल्सले वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्यी टोली घोषणा गरेको छ।

स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न परेको रिटलाई अग्राधिकार

नयाँ लाइसेन्स वितरण रोक्न माग गर्दै अधिवक्ता मिश्रले असोज ३१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गरेका थिए।

विदेशबाट फर्केर गाईपालन

व्यावसायिकरूपमा उन्नत जातका गाई पालन गरेका दुधेनाका शशी बुढाथोकी वार्षिक १२ लाखसम्म बचत गर्छन्। २ जनालाई रोजगारी समेत दिएका उनी आफ्नो व्यवसायबाट खुशी छन्। ‍

एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रूपमा चयन भएका छन्। ओली विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा दलको नेता चयन भएका हुन्। 

धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा १ जनाको मृत्यु, १५ घाइते

धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

अव्यवस्थित तार हटाउँदै विद्युत प्राधिकरण

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा प्याराग्लाइडिङको भविष्य अन्योल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि संचालन गर्ने तयारी भइरहँदा सराङकोटबाट प्याराग्लाइडिङ गर्न मिल्ने वा नमिल्ने अझै निर्क्योल भएको छैन।

स्थायित्व र रूपान्तरणका लागि गगनलाई अघि सार्‍यौँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्त्रणका लागि संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई अघि सारेको बताएका छन्।

घरेलु टोली पाकिस्तानविरुद्धको टेस्ट सिरिज इंग्ल्यान्डद्वारा ‘क्लिन स्विप’

मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानमाथि ८ विकेटको जित हात पार्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो।