शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल टी-२० लिग क्यानले विज्ञप्ति निकाल्दै एक दिन पछि सरेको जनाएको छ।
सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ संसद्ले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल गर्ने बताएका छन्।
नेपालमा उत्पादन नहुने पाम तेल, न्यून उत्पादन हुने भटमास र सनफ्लावर तेलले निर्यात व्यापारको ठूलो हिस्सा ओगट्दै आएकोमा भारतले करको दर हेरफेर गरेसँगै यसको प्रभाव देखिएको भन्सार विभागले जनाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने, तर नेतृत्व कसले गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन्।
केलियन एमबाप्पे १० दिने बिदा रद्द गरेर बुधबारबाटै पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षणमा पुगेका पुगेका छन्।
लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दर्ता भएको पुनरावेदन मुद्दा बिहीबारका लागि स्थगित भएको छ।
नवनिर्वाचित सांसदहरूले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराबाट बिहीबार शपथ लिएका छन्।
मोबाइल भेटेर फिर्ता नदिने वा चोरी गर्नेहरूले सिम नराखी फिल्म हेर्न, गेम खेल्न र वाइफाईबाट इन्टरनेट चलाउन प्रयोग गर्दा भेटिने सम्भावना कम हुन थालेको प्रहरी बताउँछ।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराएका छन्।
पर्यटन प्रवर्द्धनका लागि लेकसाइडको तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव गर्न लागिएको पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले बताका छन्।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन चुस्त बनाउन रात्रिबसले गोँगबुमा मात्र पार्किङ गर्नुपर्ने नियम बनाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेपछि उडान तथा अवतरण हुन सकेको छैन।
राष्ट्र बैंकको एक प्रतिवेदनले बागमती प्रदेशमा कृषिसँगै विद्युतीय साधनका ‘सर्भिस स्टेशन’ र ‘चार्जिङ स्टेशन’जस्ता सेवामूलक उद्यमको विस्तार तथा रोजगारीमा सम्भावना बढेको देखाएको छ।
नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएसँगै नीजि अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्ने स्थानीयको अपेक्षा छ।
हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।
ज्येष्ठ सदस्यको हैसियतमा राप्रपाका पशुपति शमशेर राणाले सांसदलाई शपथ ग्रहण गराउँदै छन्। सभामुख चयन नहुन्जेल संसद् बैठकसमेत उनैले सञ्चालन गर्नेछन्।
साबिकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागू गरिए पनि व्यवसायी भने बढेको भाडादर अपुग रहेको बताइरहेका छन्।
तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।