कृषि मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्बाट निर्णय भए सरकारले मलमा गर्ने खर्च घट्ने छ तर कृषकले मल किन्न करिब दोब्बर रकम खर्चिनुपर्ने हुन्छ।
सर्वोच्च अदालतले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ।
सत्ता गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने अन्योल यथावत रहँदा ‘शान्त’ देखिएको एमालेभित्र गठबन्धन फुटाउन र माओवादीको नेतृत्वको सरकार स्वीकार गर्न ओलीलाई मनाउन नेताहरू सक्रिय बनेका छन्।
विराटनगर सुपर किङ्समा म्याकार्थीबाहेक सिकन्दर राजा, गौरन्शु शर्मा, कियोन जोसेप, हुसेन टलट र राज रोक्की नानन विदेशी खेलाडी छन्।
साउदी अरब पुगेका कामदारले सम्झौतामा भनिएअनुसार तलब र सुविधा नदिएको तथा जोखिमको काममा लगाएको भन्दै उद्धार गर्न आग्रह गरे पनि म्यानपावर कम्पनी र रियादस्थित दूतावासले भाग्न सुझाव दिने गरेका छन्।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट दुई दिनमै सकिएपछि आईसीसीले द गाब्बाको पिचलाई एक ‘डिमेरिट’ अंक दिएको छ।
राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ।
लोसपा, नेपालले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गरेको छ।
एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।
बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँबराबरको किनबेच भएको छ।
कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्सेली खेलाडीमाथि रङ्गभेदी टीकाटिप्पणी भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्न बाटो खुलेको छ।
पशुपति शमशेर राणाले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।
मिथेन ग्यास उत्सर्जन घटाउने ‘क्लाइमेट एन्ड क्लिन एयर’ को प्रतिबद्धतामा नेपाल सहभागी भएपछि आगामी दिनमा कृषि र पशुपालन क्षेत्र बर्बादीतर्फ जाने विज्ञहरू बताउँछन्।
नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार नेपाल आइपुगेका छन्।
काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित धोबीखोला किनारका अतिक्रमित संरचना डोजर लगाएर भत्काएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सबैको साथ लिएर पार्टीलाई अघि बढाउने बताएका छन्।
गगन थापाले आफ्नो पराजयलाई शिक्षाका रूपमा ग्रहण गर्ने र दलको नेता बन्न संघर्ष गर्ने प्रतिक्रिया दिएका छन्।
बुधबार बिहान भएको निर्वाचनमा देउवाले गगन थापालाई पराजित गरेका हुन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत मात्र पाए।
कांग्रेस संसदीय दलको नेता छान्न बिहान ८ः३० मा शुरू भएको मतदान निर्धारित समयभित्रै सकिएको निर्वाचन समितिले जनाएको छ।