महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ।
नेकपा माओवादी केन्द्रले सांसदहरूको शपथपछि संसदीय दलको नेता छान्ने र त्यसपछि मात्रै प्रधानमन्त्रीबारे छलफल थाल्ने निर्णय गरेको छ।
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तर्क्रिया कार्यक्रममा श्रम र रोजगार शाखा स्थापना गर्ने घोषणा गरेको छ।
अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो।
लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २-० गोलअन्तरको अग्रता लिएको हो।
न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए।
राष्ट्रपतिले प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न तोकेको समयसीमाभित्र नयाँ सरकार बन्ने वा नबन्ने सत्ता गठबन्धनको प्रमुख घटक, माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि गर्ने ‘चलखेल’मा निर्भर हुनेछ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।
राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।
अमेरिकी नागरिक भएपछि पनि नेपाली नागरिकता त्याग नगरेका रास्वपा सभापति रवि लामिछानेले निर्वाचन आयोगमा पेश गरेको कागजातमै करिब तीन वर्ष उनले दोहोरो राहदानी प्रयोग गरेको देखिन्छ।
नेपालले सन २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य गराउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाए पनि अहिले पनि जैविक र बायोमास इन्धनको खपत ९२ प्रतिशत रहेको छ। जसले सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले शपथ लिनुअगाडि नै सरकार गठनका लागि आह्वान हुनु गलत भएको बताएका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।
धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।
सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।
संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।
संचालक र कर्मचारीले मनोमानी ढंगबाट ऋण झिकेर अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरू संकटमा परेको भन्दै विज्ञहरूले प्रभावकारी नियमन र कारबाही तथा कानूनमा परिवर्तन नै समस्या समाधान भएको बताएका छन्।
काठमाडौँ महानगरपालिकाले अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेपछि चालक र स्थानीय विरोधमा उत्रिएका छन्।
सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।