AnonymousUser

Logout

नदी नै सुकाएर विद्युत् उत्पादन 

कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।

युरोकप छनोटमा इंग्ल्यान्ड र पोर्चुगल विजयी

युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले लिचेस्टाइन तथा इंग्ल्यान्डले इटालीलाई पराजित गर्दै विजयी शुरूआत गरेका छन्।

कस्तो छ शुक्रबारको मौसम?

दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसँगै वर्षाको सम्भावना छ। 

प्राधिकरणले गर्‍यो ३ हेलिकप्टर कम्पनीका पाइलटलाई 'ग्राउन्डेड'

उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई र एटीसीसँग अश्लील शब्द बोल्ने एक हेलिकप्टर पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले 'ग्राउन्डेड' गरेको छ।

प्रधानमन्त्री दाहालको भ्रमणमा भारतको चासो छ : मन्त्री शर्मा

मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरू गर्ने र अप्रिलसम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताएकी छन्।

अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, वित्तीय क्षेत्र मजबुत रहेको दाबी

फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।

नक्कली कम्पनी खडा गरी सट्टेबाजी गराउने ६ जना एजेन्ट पक्राउ

खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

बारा-२ बाट संसद् छिर्न खोजिरहेका उपेन्द्रलाई जनमत र लोसपाको तगारो

गत निर्वाचनमा सप्तरी-२ बाट पराजित उपेन्द्र यादव बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्। तर उनलाई मधेश केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीले चुनौती दिँदैछन्।

अन्तर्राष्ट्रिय खेलबाट संन्यास घोषणा गर्दै सुजलले भने– अब पालो नयाँ पुस्ताको हो

अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास घोषणा गरेका सुजल श्रेष्ठले ११ वर्ष छातीमा देशको झण्डा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्बिलो महसुस गरेको बताएका छन्।

समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन : मन्त्री श्रेष्ठ

भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च बढाउन र व्यापार घाटा कम गर्न नसके समृद्धिको नाराले मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।

राष्ट्र बैंकले बढायो चाँदी आयातको सीमा

राष्ट्र बैंकले सीमा बढाउँदै ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ।

नेपाली सेनाको संख्या सरकारले निर्धारण गर्ने हो : प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई सेना के कति चाहिन्छ, त्यसको निर्धाण सरकारले गर्ने बताएका छन्।

एसीसी प्रिमियर कप : उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

एसीसी पुरुष प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल रहेको समूहमा मलेसियासहित साउदी अरब, कतार र ओमान रहेका छन्।

‘धुले भवन’बाट सेवा शुरू, १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गर्दा न्यून सुविधा थियो। सुविधा थप गर्दै गएको केन्द्रमा गत माघ ६ गते १ हजारौँ बिरामीको मिर्गौला प्रत्यारोपण भयो।

ललितपुर मेयर्स कपमा एपीएफको जित, सीताको अलराउन्डर प्रदर्शन

कप्तान सीता रानामगरको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको छ।

लोसपाले भन्यो– सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ

लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीले आफ्नो पार्टी सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान भूमिका खेल्ने बताएका छन्।

ललितपुर मेयर्स महिला कप : सम्झनाको अर्धशतकमा सुदूरपश्चिमको जित

ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिमले ललितपुर मेयर्स ११ लाई ५१ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ।

आधाभन्दा बढी क्षयरोग बिरामी उपचारको पहुँचबाहिर

नेपालमा आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर रहने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

एएफसी यू–२० महिला एसिया कप छनोट : दोस्रो चरणको खेल तालिका सार्वजनिक

एएफसीले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ।

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको लाइसेन्स खारेज गरिएको छ।