सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।
गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकीमा पनि सरकार फेरिने स्थिति बनेको हो।
गुजरातको सुरतस्थित सेसन अदालतले राहुल गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।
गुजरातको सुरतस्थित सेसन अदालतले राहुत गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।
प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्।
२०४२ सालमा भएको डाँका मुद्दाका दोषीलाई सप्तरी जिल्ला अदालतले ६१ वर्ष चार महिना १९ दिनको कैद सजाय सुनाएको छ। त्यही घटनाका दोषी ठानेर प्रहरीले रामफललाई पटकपटक पक्राउ गर्ने गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमन्दिरको जग्गा हिनामिना सम्बन्धमा उपलब्ध गराएको सूचना टालटुले रहेको बताएकी छन्।
जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ।
छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्।
एमाले परित्याग गरेका शाहीलाई माओवादी केन्द्रले मंसिर ४ को निर्वाचनमा दैलेख क्षेत्र–२ (ख)बाट उम्मेदवार बनाएको थियो।
सन् २०२२ जनवरीमा ३ करोड ८५ लाख १६ हजार रहेको क्यानडाको जनसंख्या सन् २०२३ जनवरीमा ३ करोड ९५ लाख ६६ हजार पुगेको छ। यो १९५७ यताकै उच्च (२.७ प्रतिशत) वृद्धिदर हो।
मुस्ताङका ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट भुवाको ८०० नमुना संकलन गरेर परीक्षण गर्ने तयारी छ।
चेन्नईमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै पाहुना टोलीले सिरिज २–१ ले जितेको हो।
अपराह्नपछि तराईका केही स्थानमा पनि हावाहुरीसँगै वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
५० हजार घुससहित जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय पक्राउ परेका छन्।
राजस्व रकम हिनामिना मुद्दामा ४ उपसचिवसहित ११ कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।
प्रहरीले कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको हो।