AnonymousUser

Logout

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधार शिविरतर्फ 

शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू कमजाेर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आराेहण गर्न लागेकाे बुढागरले बताएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न माओवादीले बुधबार अपरान्ह ४ बजे पदाधिकारीको बैठक बोलाएको छ।

चर्च ब्वाइजका मुख्य प्रशिक्षक हुमागाईंद्वारा क्लब छाडेको घोषणा

नेपाली मुलका अमेरिकन नागरिक हुमागाईंले श्रम स्वीकृति पाउन नसकेको कारण देखाउँदै क्लब छाडेको घोषणा गरेका छन्।

सिक्किम हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

गान्तोक र चीनको सिमानामा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको छ। 

पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोपमा डोनाल्ड ट्रम्प पक्राउ 

ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्वराष्ट्रपति बनेका छन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन। 

बुधबारको मौसम : साँझपख मेघगर्जनसहित वर्षाको सम्भावना

प्रि–मनसुन चलिरहेकाले थप केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

घट्यो हवाई भाडा, काठमाडौँ– धनगढी ७०७० रुपैयाँ

काठमाडौँबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ। काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेर अधिकतम पाँच हजार ४९० कायम भएको छ। 

विश्वकपमा छनोट भइसकेको भियतनामविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाल

प्रशिक्षक अनन्तराज थापा नेपाली टोलीले विश्वकप खेल्न लागेको भियतनाममाथि जित हात पार्दै सुखद नतिजा निकाल्नेमा आशावादी छन्।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार रविविरुद्ध परेका उजुरीको टुंगो लगाउने

रवि लामिछानेविरुद्ध नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरीको छ।

जावलाखेल शीर्ष स्थानमा उक्लिँदा चर्च ब्वाइज बराबरीमा रोकियो

जावलाखेल युथ क्लब शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

उपनिर्वाचनमा गठबन्धन एक ढिक्का रहेन

चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत दिँदा सत्ता गठबन्धनमा एकसाथ रहेका आधाभन्दा बढी दलहरू उपनिर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्।

मिर्गौला दिनेमा महिलाको संख्या दोब्बर, लिने अधिकांश पुरुष

‘पुरुषले कमाएर परिवार पाल्नुपर्ने’ सोचका कारण पनि मिर्गौला लिने पुरुष धेरै र दिनेमा महिला धेरै भएको समाजशास्त्रीहरू बताउँछन्।

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेका पुष्कलबहादुर थापाले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका थिए।

रवि लामिछानेको राहदानी विवादबारे बुधबार सुनुवाइ हुने

रास्वपाका सभापति लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेषले कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जना प्रतिवादीलाई सफाइ दिन लिएका आधार त्रुटिपूर्ण रहेको बेहोरा उल्लेख गर्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ।

युकेमा बालबालिकाको तथ्यांक दुरुपयोगमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना

बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी भएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले राजीनामा दिएका छन्।

इतिहास भुलेको पुलिसलाई रेलिगेशनको डर!

पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।

मलको व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको कृषिमन्त्रीको स्पष्टोक्ति

कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताएका छन्। उनले मल कहिले आइपुग्छ भन्ने टुंगो नभएको पनि सदनलाई जानकारी गराए।

अदालतमा हाजिर हुन ट्रम्प न्युयोर्क पुगे

अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।