AnonymousUser

Logout

व्याजदरले व्यवसायीलाई किस्ता तिर्नै मुस्किल छ, वैशाखपछि सुधार हुनसक्छः भुवन दाहाल

बेलाबेलामा व्यवसायी साथीहरूले बैंकहरूको विरोध गरिरहनुभएको हुन्थ्यो। ‘बैंकहरूले पैसा खाए, लुटे, हामीलाई अप्ठ्यारोमा पारे’ भनिरहनुहुन्थ्यो। तर सडकमै आएको सम्भवतः पहिलोपटक नै होला।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँ रहेको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ : विष्णु पौडेल

शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको बताएका छन्।

ट्रम्पमाथि फौजदारी अभियोग, पोर्न स्टारलाई पैसा दिएर मौन बस्न लगाएको आरोप

ट्रम्प फौजदारी अभियोग लाग्ने  पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्। आफू निर्दोष रहेको र अभियोग लागे पनि राष्ट्रपतिको उम्मेदवारबाट पछि नहट्ने ट्रम्पको भनाइ छ।

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता शुरू

सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना, कञ्चनपुरमा खोप अभियान शुरू

नयाँवर्ष नजिकिँदै गर्दा कञ्चनपुरमा भारतबाट फर्किनेको संख्या बढ्न थालेको छ। भारतमा कोरोना संक्रमण बढेकाले नाकामा परीक्षण र खोप लगाउने अभियान शुरू भएको छ।

एसईई परीक्षा शुरू, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

एसईईमा सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख २ हजार परीक्षार्थी सहभागी छन्। त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६०८ जना छन्। 

विराटनगरले जित्यो विराट गोल्डकपको उपाधि

उपाधिसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरे।

रास्वपाका उपनिर्वाचन उम्मेदवार :  तनहुँमा स्वर्णिम वाग्ले, बाराबाट रमेश खरेल

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवार बन्न तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीन जनाले दाबी गरेका छन्। बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार रुसी प्रहरीको नियन्त्रणमा

रुसी प्रहरीले जासुसीको आरोपमा वाल स्ट्रिट जर्नलका पत्रकार अमेरिकी नागरिक इभान गेर्शकोभिचलाई नियन्त्रणमा लिएको छ।

मिटरब्याज पीडितलाई घर फर्काउने हतारोमा सरकार, पीडितको अडान– स्थायी समाधानबिना काठमाडौँ छाड्दैनौँ

सरकारी टोलीले 'टालटुले प्रस्ताव'मा सम्झौता गराएर तत्काललाई आन्दोलन रोक्न खोजेको पीडितका तर्फबाट वार्तामा सहभागीहरूको भनाइ छ। स्थायी समाधानको सहमति नभएसम्म आफूहरूले काठमाडौँ नछाड्ने पीडित बताउँछन्।

इम्प्याक्ट प्लेअरले पर्ला त आईपीएलमा प्रभाव?

बीसीसीआईले यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको छ। यो नियमसँगै टोलीले टसपछि इनिङ्सको कुनै पनि मोडमा प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गर्न सक्ने छन्।

मिटरब्याजको कहर : अपहरण गरेर मारिदिने धम्कीपछि भाइसँगै स्कुल छाडेकी गरिमा

'काठमाडौँले न्याय दिन्छ भन्ने सुनेका थियौँ। न्याय दिन सकिँदैन भने हामीलाई बरु यहीँ मार्नु, तर हामी यत्तिकै फर्कँदैनौँ।'

साना कम्पनीको न्यूनतम २५० कित्ता सेयर माग गर्न मिल्ने व्यवस्था गरिँदै

बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।

अमेरिकी सेनाका दुई हेलिकप्टर दुर्घटनाग्रस्त

अमेरिकाको केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिक दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन्।

सिर्सिया नदी प्रदूषण गर्ने ५ उद्योगलाई जरिबाना, अन्यलाई पनि कारबाहीको तयारी

सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। 

सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान, कसरी पाइन्छ सहुलियत कर्जा?

उद्यमीले पहिलो किस्ता लिएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सक्ने छन्। कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्नेछ।

फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३ बालबालिकासहित २८ जनाको मृत्यु

फिलिपिन्सको बासिलान प्रान्तमा एक पानीजहाजमा आगलागी हुँदा तीन बालबालिकासहित २८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन्।