AnonymousUser

Logout

नेप्से १६.६७ अंकले घट्दा कारोबार ९२ करोडमा खुम्चियो

सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।

१० हजार विदेशी श्रमिक नेपालमा, अमेरिका र बेलायतबाट पनि ल्याइन्छन् दक्ष जनशक्ति

नेपालका ठूला परियोजनामा १०० भन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्। ती परियोजनामा काम गर्ने चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या उल्लेख्य छ। 

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर, व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।

म्याकडोनाल्डका सबै अमेरिकी कार्यालय तीन दिनका लागि बन्द, कर्मचारी कटौतीको तयारी 

विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।

बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने

एमाले महासचिव शंकर पोखरेलले बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

जयनगर–कुर्था  रेल सेवाका एक वर्ष: आम्दानी ८ करोड, खर्च ५० करोड

चालकदेखि इन्धन र अन्य खर्च गरेर नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनलाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता छ। जनशक्तिलगायतमा आत्मनिर्भर नहुँदा रेल सेवा घाटामा गएको रेल्वे कम्पनीले जनाएको छ।

सात महिनामै बर्खास्त भए चेल्सीका प्रशिक्षक पोटर

पोटरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै, को-को हुँदैछन् उम्मेदवार?

ठूला दलले तीन क्षेत्रमा नै उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छैन। उसले सबै क्षेत्रमा सत्ता गठबन्धनका दललाई सघाउने सम्भावना छ।

सोमबारको मौसम: पहाडी भेगमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।

जापानी संगीतकार रियोइची साकामोतोको निधन

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।

‘रोग होइन, फरक अवस्था हो अटिजम’

'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'

युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु

बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ।

लयमा फर्किंदै पर्यटन क्षेत्र, व्यवसायी भन्छन्– सरकारले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउनुपर्‍यो

तथ्यांकले पर्यटन क्षेत्र पुरानै लयमा फर्किंदै गरेको देखाए पनि पर्यटन प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै पहल हुन नसकेको व्यवसायीको गुनासो छ।

बढ्न थाल्यो कोरोना संक्रमण, विज्ञ भन्छन्- सरकारको तथ्यांकभन्दा धेरै हुनसक्छन् संक्रमित

कोरोना संक्रमितको ग्राफ उकालो लागिरहे पनि सरकारले हरेक दिनको स्पष्ट तथ्यांक सार्वजनिक गर्ने गरेको छैन। गोलमटोल तथ्यांकका कारण महामारीले विकराल रूप लिइसकेपछि मात्र थाहा हुने विज्ञहरू बताउँछन्।

अफ्रिकी देशहरूमा चिनियाँ ऋण चिन्ताको विषय बनेको छ : विश्व बैंकका अध्यक्ष

विश्व बैंकको अध्यक्ष डेभिड मालपासले अफ्रिकी देशलाई चीनले उपलब्ध गराएको ऋण चासो विषय बनिरहेको बताएका छन्।

विलियम्सनले आईपीएल गुमाए

चोटका कारण आईपीएल २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्।

सभामुखको अधिकार खोस्ने गरी राखिएको संसोधन प्रस्ताव फिर्ता

सभामुखको तजबिजी अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउनका लागि हालिएको संशोधन प्रस्ताव सत्तारुढ दलका सांसदहरूले फिर्ता लिएका छन्।