AnonymousUser

Logout

‘ए’ डिभिजन लिग अन्योलमा

एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।

रेशम चौधरीलाई ‘आममाफी’ दिन अध्यादेश ल्याउने सरकारको निर्णय, विप्लव र सीके राउतको पार्टी पनि लाभान्वित हुने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक प्रकृतिका विभिन्न मुद्दा हल गर्ने भन्दै अध्यादेशमार्फत् मुलुकी फौजदारी संहिताको प्रावधान संशोधन गर्ने निर्णय गरेको छ।

ठगी र किर्ते गरेको आरोपमा ८ जना पक्राउ

राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्चलाई संसद् महासचिवको जवाफ : जबरालाई पत्र लेख्नुको कारण इजलासमै पेश गर्छु

उनले निलम्बन निष्प्रभावी भएको पत्र चोलेन्द्र शमशेर जबरालाई दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलासमै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका हुन्।

नेप्सेमा गिरावट आउने क्रम जारी

आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।

स्थानीय तहले लोकतन्त्रलाई सबल बनाएको छ : प्रम देउवा

गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोगले लोकतन्त्र सबल हुने बताए।

ताेलाकाे एक लाख ५०० पुग्याे सुन

नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।

बागमती सफाइको ५०० हप्ता पूरा : निकालियो २० हजार टन फोहर

नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्रका जवानको मृत्यु

चोभार गेट नजिक स्कुल बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार सशस्त्र प्रहरी जवान सुवाशचन्द्र रतालाकाे मृत्यु भएकाे छ।

जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

जंगली हात्ती खेतमा पसेर धान खान थालेपछि खेदाउने क्रममा हात्तीले आक्रमण गर्दा झापाकाे हल्दीबारी वडा नम्बर ५ का चार जना किसान घाइते भएका छन्।

तुलसीपुरका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।

देशभरकाे तापक्रम घट्दै जाने, सावधानी अपनाउन आग्रह

जल तथा माैसम विज्ञान विभागले तीन दिन देशभरकाे माैसम सफा रहे पनि चिसाे बढ्ने तथा तराईमा बाक्लाे हुस्सु लाग्ने जनाएकाे छ।

कालीकोटमा डोजर दुर्घटना : ज्यान गुमाउनेको संख्या ३ पुग्यो

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, केन पेनाल्टीमा चुके

कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स इंग्ल्यान्डलाई हराउँदै लगातार अन्तिम चारमा पुगेकाे छ।

मोरक्को बन्यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र

यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट एक-एक राष्ट्र तथा युरोपबाट दुई राष्ट्र हुने निश्चित भएको छ।

बंगलादेशमा विपक्षी सांसदले गरे सामूहिक राजीनामाको घोषणा

हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।

फुटपाथ व्यवसायीप्रति किन असहिष्णु बन्दैछ काठमाडौँ महानगर?

शहर सुन्दर बनाउने भन्दै काठमाडौँ महानगरपालिकाले सडक र फुटपाथमा गरिखाने वर्गप्रति देखाइरहेको व्यवहारले शहर कसका लागि भन्ने प्रश्न जन्माएको छ।

द्वन्द्वपीडितलाई यथाशीघ्र न्याय उपलब्ध गराउन सरकार सचेत छ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले द्वन्द्वपीडितको माग छिटो सम्बोधन गरी पीडित र पीडित परिवारलाई यथाशीघ्र न्याय गर्न सरकार सचेत रहेको बताएका छन्।

वाम आन्दोलनका पुराना नेता केशरमणि पोखरेलको निधन 

नेपालका पुराना वामपन्थी नेता केशरमणि पोखरेलको शहीद गंगालाल हृदयरोग केन्द्रमा उपाचारका क्रममा शनिबार निधन भएको छ।

घनश्याम भुसाल र प्रभु साहलगायतलाई पार्टीबाट हटाउने एमालेको निर्णय

नेकपा एमालेले निर्वाचनका बेला पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा घनश्याम भुसाल र प्रभु साहलगायतका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।