“कोही एकाएक गड्यौलाजस्तो आजको आजै निस्किएको भन्ने सोच्नु हुँदैन। नयाँ उदयमान शक्तिहरूले मातृभूमिलाई शिरमा राखेर देशको हितमा काम गर्छन् भने उनीहरूलाई जनताले साथ दिन सक्छन्।”
विलुप्त विद्रोह जलवायु समूहका एक हजार ५७९ जनालाई डच प्रहरीले पक्राउ गरेको छ। तीमध्ये ४० जनालाई तोडफोडलगायत आरोपमा मुद्दा चलाइने बताइएको छ।
रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।
करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
ईपीएल उपाधि विजेता म्यान्चेस्टर सिटीले हारबाट लिग टुंग्याएको छ। सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १–० गोलअन्तरले पराजित भएको छ।
भारतसँग विगतमा धेरै विषयमा सम्झौता भएका छन्। तर, तिनलाई कार्यान्वयन गर्न गम्भीर नबनेको आरोप भारतमाथि लाग्दै आएको छ। विज्ञहरूले यसपटकको भ्रमणमा यी विषय उठाउन सुझाएका छन्।
क्यानले जबर्जस्ती करणीको मुद्दा खेपिरहेका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि समेटेर एक दिवसीय विश्वकप क्रिकेट छनोट खेल्न जिम्बावे जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
यस वर्षको आठ महिनामा संघीय खर्च १५.५ , चालु खर्च १३.१ र वित्तीय व्यवस्था खर्च ४६.३ प्रतिशतले बढेकोमा पुँजीगत खर्च ९.२ प्रतिशत मात्र बढेको छ। यसले अनुत्पादक क्षेत्रमा सरकारको खर्च बढेको देखाउँछ।
भारतीय राष्ट्रिय कांग्रेससहित २० दलले बहिष्कार गरेको संसद् भवन उद्घाटन कार्यक्रममा मोदी भारत स्वतन्त्र हुँदा बेलायतीले दिएको ऐतिहासिक यो राजदण्ड 'सेंगोल'अघि लम्पसार परेका थिए।
पुँजी निर्माण घट्दा आर्थिक वृद्धिको गति रोकिने भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्। विगतमा अनौपचारिक क्षेत्रमा गरिएको बढी लगानीले भविष्यमा पनि आर्थिक वृद्धिलाई असर पार्ने जोखिम देखिएको छ।
सञ्चारमन्त्री रेखा शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्।
वन क्षेत्रको जग्गा केही नाफामूलक निजी कम्पनीलाई केवलकार र खनिजजन्य उद्योग सञ्चालन गर्न दिने गरी प्रस्ताव अघि बढाएको भन्दै वन उपभोक्ता महासंघले विरोध जनाएको छ।
पछिल्ला सात खेल सबैमा बराबरी खेलेको मनाङले आठौँ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रिस्टारलाई पराजित गरेपछि रेलिगेसनको दबाबबाट निस्किएको छ।
सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेका ४४ मध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन्।
एक यात्रुले एयरपोर्टमा अवतरण हुने क्रममा रहेको विमानको आपतकालीन ढोका खोलेपछि दक्षिण कोरियाको एसियाना एयरलाइन्सले नयाँ नियम जारी गरेको हो।
सरकारको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुनेछ। वस्तु आयातमा भएको संकुचन र समष्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आएको छ।
समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्।
प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाललगायत सहभागी छन्।
उज्वेकिस्तानविरुद्ध पहिलो सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।