AnonymousUser

Logout

प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता गर्ने लगानी बोर्डको निर्णय

अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका बेला तल्लो अरुण जलविद्युत परियोजना विकास सम्झौता गर्ने निर्णय गरेको छ।

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै, गणतन्त्र दिवसमा उनी जेलमुक्त हुने बाटो खुलेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

नगरपालिकाले शुरू गरेको श्रमदान अभियानमा जिल्लाका सरोकारवालाहरू स्वतःस्फूर्त सहभागी भएका छन्। पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगरपालिकाले जनाएको छ। 

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन, मेसीले तोडे रोनाल्डोको कीर्तिमान

मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल गरेका छन्। यसअघि रोनाल्डोले ४९५ गोल गर्दै कीर्तिमान बनाएका थिए। 

३०औँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

अमेजन जंगललाई विश्वमाझ थप चिनाउन जलवायु शिखर सम्मेलन अमेजन मै गर्न चाहेको ब्राजिलका राष्ट्रपतिले बताएका छन्।

बायर्न म्युनिखले जित्यो बुन्डेसलिगाको उपाधि

शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड अन्तिम खेलमा बराबरीमा रोकिएपछि कोल्नलाई २–१ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो। 

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गते नै पारित भइसकेको छ। 

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री 

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए।

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो, एपीएफसँग जावलाखेल पराजित

खेलको २३औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। तर, ६०औँ मिनेटमा आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी गरेको थियो। 

पोखरामा नगर प्रहरीमाथि दुर्व्यवहार ७ जना पक्राउ 

इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न पुगेको नगर प्रहरीमाथि युवाको समूहले दुर्व्यवहार गरेको थियो।

‘ड्रेस कोड कानून कार्यान्वयन भए, पोसाक विवाद हुँदैन’

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिन्हसम्बन्धी व्यवस्था छ। औपचारिक, मौलिक, संस्कृति र परम्परागत पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने नियमावलीमा उल्लेख छ।

ओलीले रोस्टमबाट अनुसन्धान प्रभावित हुने अभिव्यक्ति दिए: विश्वप्रकाश शर्मा

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका छन्। 

पशुपतिको जलहरीमा ओलीलाई जोड्नु उचित होइन: प्रधानमन्त्री

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

मकालु आधार शिविरमा पर्यटन सहयोगीको मृत्यु

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको छ। 

बेंगलोर उडेको निगमको जहाजमा चरा ठोक्किएको आशंका, काठमाडौँ नै फर्काइयो

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ।

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको प्रधानमन्त्रीको दाबी

भ्रष्टाचार र विकृतिविरुद्ध जनतामा एउटा नयाँ आन्दोलन र संस्कारको शुरूआत हुन थालेको प्रधानमन्त्री दाहालको भनाइ छ। 

सरकारले बजेटमार्फत स्यानिटरी प्याड निःशुल्क बनाउनुपर्छ: उपसभामुख 

घरेलु हिंसा, बलात्कारजस्ता अपराध बढिरहेकाले महिलाहरू चुप लागेर बस्ने अवस्था नरहेको उपसभामुख रानाको भनाइ छ। 

खडेरी र फौजी किराको प्रकोपले मकैमा क्षति

म्याग्दीमा गतवर्ष ११ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३७ हजार ८१७ टन मकै उत्पादन भएको थियो। 

आलोचना गर्नुस्, कांग्रेस आलोचनाबाट डराउँदैनः देउवा

नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने बताएका छन्। 

प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने, १८ गते मोदीसँग वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने निश्चित भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेका छन्।