मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँ पुगेको छ।
नेपालमा भारतबाट आयात भइरहेको तरकारी रोक्न सम्भव छैन। तर, भएकै कानून र व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै नाकामा परीक्षणमा कडाइ गर्ने हो भने अहिले भइरहेको आयात उल्लेख्य घटाउन सकिन्छ।
तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको छ।
राष्ट्रपति निर्वाचनमा ‘सहमतिको प्रयत्न गर्नुपर्ने’ माओवादी प्रस्तावसँगै तरंगित राजनीतिमा कांग्रेसले वर्तमान सत्तागठबन्धन भत्काउने र एमालेले जोगाउने प्रयत्न गरिरहँदा अबका एक महिना रोचक बन्ने देखिन्छ।
विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ।
मुख्यप्रशिक्षक नियुक्त भएकै दिन मोन्टीले ब्याटिङमा क्षमतावान् खेलाडी भए पनि एकताबद्ध भएर नखेल्दा क्षमताअनुसार प्रदर्शन नभएको औँल्याए। र, लक्ष्य सुनाए– एकदिवसीय मान्यता जोगाएर विश्वकपसम्म पुर्याउने।
उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।
गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।
एमाले उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरेर अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने बताएका छन्।
मोन्टी देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।
भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।
राष्ट्रपति भण्डारीले रास्वपाका मन्त्रीको राजीनामा पछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार
प्रधानमन्त्री दाहाललाई नै तोकेकी छन्।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।
प्रमुख सचेतकहरूसँग छलफलमा प्रधानमन्त्री दाहालले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र योबीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन्।
उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताइन्।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरिएको बताएका छन्।