शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।
संघले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको छ।
बचत गरेको रकमको ब्याज, बोनस र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।
समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।
पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।
कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ।
सन् २०१९ को चुनावी अभियानका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको थर संकेत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।
बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सवारीसाधन नचल्ने भएपछि व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्।
सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।
दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।
संघीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ।
महिलातर्फ पुलिसले र पुरुषतर्फ हेल्प नेपालले आफ्नो अविजित यात्रा कायम राख्दै प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधि उचालेका छन्।
एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ।
कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।
नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै आदिवासी, जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए।
दक्षिण कोरियामा मुसलधारे वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने रेल सेवा अवरुद्ध बनेको छ।
पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत फार्मेसी इन्चार्जको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।