स्काउटले नयाँ पुस्तालाई व्यवसायिक तथा नैतिक शिक्षा प्रदान गर्न मुख्य भूमिका निर्वाह गर्ने समाभुख घिमिरेले बताएका छन्।
प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।
मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको दुर्घटनामा सुनसरीका सागर चौधरी, अर्जुन चौधरी र मोरङका लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रको जग्गा कब्जा गरी बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन छ।
अफगानिस्तानले पहिलो टी२० आईमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ।
राति कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ताकेता गरेकी छन्।
मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको बताएका छन्।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडन अहिलेसम्म अन्त्य हुन नसकेको बताएका छन्।
ललितपुर मेयर्स महिला कपमा सुदूरपश्चिममाथि एपीएफ १५ रनले विजयी भएको छ भने अर्को खेलमा कोशी प्रदेशले ललितपुर मेयर्स ११ लाई ७ विकेटले पराजित गरेको छ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १००औँ स्थानमा छ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई अरू मिलेर पदबाट हटाइदेलान् कि भन्ने डर रहेको बताएका छन्।
गुजरातको सूरतस्थित सेसन कोर्टबाट मानहानिको मुद्दामा दोषी ठहर भएका भारतीय कंग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्य पद खारेज भएको छ।
दिगो विकास तथा सुशासन समितिले संकल्प प्रस्तावको कार्यान्वयन अवस्था अनुगमन गर्न भुवनबहादुर सुनारको नेतृत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ।
तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषभन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशतले कम रहेको बताएका छन्।
नेपालमा अझै तीन लाख परिवार शौचालयको पहुँचबाहिर रहेका छन्। जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।
हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ।