AnonymousUser

Logout

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

असारमा मात्र बजेट खर्च हुने परिपाटी अन्त्य गर्न आगामी कात्तिकदेखि नै आयोजनाको ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।

कांग्रेस महासमिति बैठक मंसिरमा, केन्द्रीय समितिको अर्को बैठक असोज २ गते

नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।

१९औँ एशियाली खेलकुद: नेपालको झन्डा दीपक महर्जनले बोक्ने

चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।

विभिन्न समयमा जफत भएका ८ हजार ८९६ थान हतियार नष्ट

नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।

नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब ब्लूमफिल्डसँग पराजित

श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।

सुन तस्करी छानबिन उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गर्‍यो  प्रतिनिधिसभा बैठक अवरुद्ध

आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।

निर्मला हत्याका पाँच वर्ष, प्रहरी भन्छ- अनुसन्धान जारी छ

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।

कांग्रेसमा उठेको समानुपातिक प्रणाली खारेजीको माग

स्थिरता र समृद्धिको बाधक बनेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केही नेताले समानुपातिक निर्वाचन प्रणाली खारेजीको माग उठाएका छन्। के उनीहरूले भनेजस्तै यसो गर्न सम्भव छ?

सुन प्रकरण निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले बुझायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत, प्रवर्द्धनका लागि राष्ट्रसंघलाई १० लाख डलर प्रदान

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने भारतले जनाएको छ।

बन्दीपुरका पर्यटकीय गन्तव्यको सूचना ७ भाषामा

बन्दीपुर घुम्न आएका पर्यटकलाई गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सात भाषामा सूचना तयार गरिएको छ। उक्त सूचना ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिन्छ।

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, ६ जना पक्राउ

पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्। 

दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु

अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्। 

सुन प्रकरणबारे धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै

एमालेले सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ।

इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई हरायो, मेस्सीको २ गोल

मियामीका लागि दुई खेल खेलेका मेस्सीले तीन गोल गर्न सफल भएका छन्। उनी हालै फ्रेन्च क्लब पीएसजी छाडेर मियामी गएका थिए।

महिलाप्रति कठोर बन्दै तालिबान, अफगानिस्तानका हजारौँ ब्युटी पार्लर  बन्द

अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रतिबन्धपछि देशभर करिब १२ हजार ब्युटी पार्लरमा काम गर्ने ६० हजार महिलाले आम्दानी गुमाएका छन्। 

तनहुँका किसानको पीडा– पानी छैन, रोपाइँ कसरी गर्ने?

पानी पर्याप्त नहुँदा यसवर्ष तनहुँमा ८५ प्रतिशत मात्र रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। किसान पानीको जोहो होला र अनि धान रोपौँला भनेर पर्खेर बसेका छन्।

१ जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।

कोशी, गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। 

डेंगुका बिरामी ४ हजार नाघे, सुनसरीमा मात्र २५ सय जनामा संक्रमण

डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन्।