चितवनको पटियानीमा आइतबार सम्पन्न महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ।
तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।
सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्। भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक दीपक थापाले बताए।
आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
आइतबार बिहान घरेलु मैदानमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको छ। मोरक्कोका लागि सोफिएन बोउफल र साविरीले गोल गरे।
वर्षा र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।
नेपालले आठ महिनामा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको छ।
प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
चर्चामा रहेको नवीनतम एआई च्याटबट च्याटजीपीटीले मानिसलाई उत्सुकसँगै सशंकित पनि बनाएको छ। यसको प्रयोग बढ्दै जाँदा रोजगारी खोसिनेदेखि भाषा विज्ञान र ज्ञानको मौलिकता गुम्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।
नेसपा अध्यक्ष बाबुराम भट्टराईले कम्युनिस्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने अवधारणाअनुसार मन्त्रिपरिषद्ले पूर्णता पाएपछि एकताका लागि छलफल हुने बताएका छन्।
कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।
उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिँदा र विकास निर्माणका काम ठप्प हुँदा नेपालगन्जको व्यापार–व्यवसाय मन्द भएको बताए।
ललितपुर मेयर्स कपमा तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताएका छन्।
महिला र पुरुषतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।
सामुदायिक रेडियो प्रसारक संघको कार्यसमितिसँग भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगसम्म पुग्ने भएकाले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने सामग्री प्रसारण गर्न सुझाव दिए।