एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता नेपालमा आयोजना हुने अहिलेसम्मकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताएका छन्।
भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।
वैदेशिक रोजगारीमा कुवेत जानका लागि वीरगन्जका अफरोज मियाँ र तुफान अलिले २ लाख ५० हजारका दरले बुझाएको रकम त फिर्ता पाएका छैनन् नै, पैसा उठाउन तीन महिनादेखि काठमाडौँ बस्दा अर्को १ लाख पनि सकिएको छ।
संसदीय समितिको मंगलबारको बैठकमा प्रस्तावित छ राजदूत सिफारिसका सम्बन्धमा समावेशी चरित्र नदेखिएको भन्दै सांसदले प्रश्न उठाएका थिए।
संसद्का सदस्य, प्रमुख राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, विद्वत्वर्ग तथा पेसाविद्, मन्त्री तथा सचिव र विकास साझेदारसँग मंसिर तेस्रो हप्तासम्ममा छलफल गरिसक्ने कार्यतालिका बनाइएको छ।
महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको माओवादीले जनाएको छ। यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ।
सार्वजनिक खरिद प्रक्रिया प्रतिस्पर्धी, स्वच्छ तथा मितव्ययी बनाउन सरकारले प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ।
मंगलबार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मुख्यमन्त्रीपछिको वरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको माओवादी केन्द्रले जनाएको छ।
समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई विभागले कारबाही गरेको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुने बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुँदैछन्।
यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए।
शिक्षा क्षेत्रमा विद्यालय शिक्षा ऐन, उच्च शिक्षासम्बन्धी छाता ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन हुनुपर्ने मान्यताका आधारमा शिक्षा विधेयक प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
किसानले हरेक वर्ष रासायनिक मल अभावको समस्या भोग्ने गरेकाले यसको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्।
संसद्मा पठाउने गरी संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
६ वर्षअघिको चर्चित साढे ३३ किलो सुन–काण्ड के थियो? तस्करी भएको सुनसमेत फेला नपर्दै त्यसबेला यो प्रकरणको अनुसन्धान कसरी र किन रोकियो?