सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।
मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।
कांग्रेसका भट्टराई पाँच हजार तीन मतसहित दोस्रो स्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल दुई हजार ७९७ मत ल्याएर भट्टराईलाई पछ्याइरहेका छन्।
मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फछ्याइरहेका छन्।
जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो।
रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन भएपछि मात्रै मतगणना हुनुपर्ने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण चितवनमा मतगणना शुरू भएको छैन।
पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फछ्याइरहेका छन्।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन्।
विशेष अदालतले हुम्लाका तत्कालीन प्रहरी प्रमुख, डीएसपी त्रिलोकबहादुर चन्द र सई माधवचन्द ठकुरीलाई तीन/तीन वर्ष कैद सजाय र जनही १५ लाख ४५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।
सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै प्रतिनिधिसभाको उपनिर्वाचनसम्म धकेलेका कामको फेहरिस्त लामो छ। सरकार, संसद् र न्यायालयसमेत प्रभावित ती काम पूरा हुन भने अझैँ समय लाग्ने देखिन्छ।
शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।
आइतबार तीन क्षेत्रमा भएको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
चितवन–२ को परिदृश्य मंसिर ४ भन्दा खासै फरक नदेखिए पनि तनहुँ–१ र बारा–२ मा भने उपनिर्वाचनको प्रतिस्पर्धा र रौनक नै फेरिएको छ।
नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज, हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।
यस वर्ष जलविद्युत् आयोजनाहरूको जडित क्षमता बढे तापनि पानी/हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको प्राधिकरणले जनाएको छ।
आइतबार यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्रै बनाउन सक्यो।
प्रधानमन्त्री दाहालले कम्युनिस्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएका छन्।